‘सेतो टावर’मा पार्किङ नरोक्ने बालेनको जवाफ

काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रिय आयोजना कार्यान्वयन इकाई मार्फत निर्माण चलिरहेको धरहराको अन्डरग्राउन्डमा पार्किङ सुरु गरेकोमा मन्त्रालयले महानगरलाई ध्यानाकर्षण गराएको थियो ।

मन्त्रालयको ध्यानाकर्षणमा महानगरका मेयर बालेन शाहले सामाजिक संजाल मार्फत जवाफ दिएका छन् । उनले लेखेका छन् ‘आजभन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तात्कालीन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उद्घाटन भयो । तात्कालीन मेयर विद्यासुन्दर शाक्यले एतिहासिक काम सम्पन्न भएको र राणाकालमा भए ‘ओली टावर’ भन्थे भनेको स्थानमा अहिले पार्किङ नगर्नु भन्नु लाजमर्दो कुरो हो ।’

मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले यस्तो टिप्पणी गर्दै पार्किङ बन्द नहुने जवाफ दिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उदघाटन गर्दा दिएको अभिव्यक्ति स्मरण गराउँदै बालेनले लेखेका छन्, ‘पार्किङ बन्द गर्न महानगरलाई पत्र लेख्नुभन्दा, ‘नबनेको भए म बीसौं तलामा कसरी पुगें’ भनेर निर्लज्ज हुनेहरुलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

काठमाडौं महानगरपालिकाले पार्किङ व्यवस्थापनको जिम्मेवारी नगर प्रहरीलाई दिएको छ । त्यहाँ महानगरले लाइटिङ र सरसफाइको काम गर्दै आएको बताएको छ ।


Back_to_top