काठमाडौं । नेपाली बजारमा सर्वाधिक सफल ह्याचव्याक कार बीवाइडी डल्फीनले अष्ट्रेलियमा भएको अध्ययनबाट ‘ग्रिनेष्ट ईभी’को उपनाम पाएको छ । अष्ट्रेलियामा उपलब्ध २५ ईभी मोडलहरुमा गरिएको अध्ययनले डल्फीनलाई उच्च स्कोर दिएको हो ।
डल्फीनसँग सिधा प्रतिस्पर्धामा रहेको टेस्ला मोडल थ्रीलाई उछिन्दै उसले शिर्ष स्थान पाउन सफल भएको हो । साथै, ग्रिनेष्ट ईभीको मुख्य प्रतिस्पर्धामा डिका स्प्रीङ, एटो-३ र जीडब्लूएम ओरा-०३ टप फाइभ भित्र थिए ।
अध्ययन रिपोर्टले सबैभन्दा धेरै ग्रिन एनक्याप रिपोर्टलाई मुख्य आधार बनाएको थियो । ग्रिन एनक्यापमा डल्फीनले ९८ प्रतिशत अंक ल्याएर उच्च पर्फर्मेन्स गरेको थियो । त्यस्तै कम्पनीले दावी गरेको रेन्ज अनुसार बास्तविक सडकमा गुड्दा रेन्ज पाउन सकिन्छ वा सकिन्न भन्ने विषयलाई दोस्रो मुख्य विषय बनाइएको थियो । त्यस्तै ब्याट्री साइज र प्रति १०० किलोमिटर इनर्जी खपत पनि अध्ययनको क्रममा हेरिएको थियो ।
ब्याट्री केमेष्ट्री पनि अध्ययनमा समावेस भएको थियो । लिथियम आइरन फस्फेट ब्याट्रीलाई एनसीएमको तुलनामा उत्कृष्ट मानिएको छ । त्यसैले एलएफपी ब्याट्रीलाई १० अंक दिँदा एनसीएम ब्याट्रीलाई केबल ५ अंक मात्र दिइएको छ ।


