काठमाडौं । चिनियाँ न्यू इनर्जी अटोमोबाइल कम्पनी बीवाइडीले थाइल्याण्डमा चलिरहेको ४४ औं बैंकक इन्टरनेसनल मोटर शोमा डल्फिनको राइटह्याण्ड साइड ड्राइभ मोडल सार्वजनिक गरेको छ ।
बीवाइडीले थाइल्याण्डमा ७ लाख ९९ हजार ९९९ थाइ भाट ९२३ हजार २५६ डलर० मूल्यमा डल्फिन लन्च गरेको हो । थाइल्याण्डमा राइटह्याण्ड साइड ड्राइभ लन्च भएसँगै डल्फिन अब नेपाल पनि आउने बाटो खुलेको छ ।
ह्याचब्याक डिजाइनमा रहेको डल्फिनमा ४४.९ किलोवाट आवरको बीवाइडी ब्लेड ब्याट्री रहेको छ । या कारले एनईडीसीका अनुसार ४१० किलोमिटरसम्मको रेन्ज दिन्छ । ७० किलोवाटको मोटर रहेको डल्फिनले ९४ हर्सपावर तथा १८० न्यूटन मिटरको टर्क प्रदान गर्छ ।
कम्प्याक्ट ह्याचब्याक कार डिजाइनमा भएता पनि डल्फिन निकै ठूलो साइजमा रहेको छ । यो ईभीको लम्बाइ ४०७० एमएम, चौडाइ १७७० एमएम तथा १५७० एमएमको उचाइ रहेकाले यो कार प्रिमियम सेग्मेन्टको ह्याचब्याक कार हो ।

यो कार बीवाइडीको न्यू जेनेरेशन ३.० डेडिकेटेड ईभी प्ल्याटफर्ममा बनेको हो । डेडिकेटेड ईभी प्ल्याटफर्ममा बनेकाले यो कारमा स्पेसियस क्याविन तथा वेट डिस्ट्रीब्यूसन उत्कुष्ट हुने भएकाले संचालनमा इफिसियन्ट पनि रहेको छ ।

बीवाइडी चाइनाले थाइल्याण्डलाई डाइटह्याण्ड ड्राइभ मोर्केटको बेसको रूपमा विकास गरिरहेको छ । कम्पनीले केही दिनअघि मात्र थाइल्याण्डमा नयाँ उत्पादन प्लान्टको शिलान्यास गरिसकेको छ । कम्पनीले उक्त प्लान्टबाट वार्षिक १ लाख ५० हजार ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ । कम्पनीले भविष्यमा आसियान देशहरूमा यही प्लान्टबाट बीवाइडीका गाडीहरू निर्यात गर्ने बताएको छ ।
नेपाली बजारमा सन् २०२३ को दोस्रो क्वाटरसम्ममा डल्फिन लन्च गर्ने गरी तयारी गरिरहेको नेपालका लागि बीवाइडी अटोमोबाइलको आधिकारिक वितरक साइमेक्स इंक स्रोतले मेरोअटोलाई बताएको छ ।


