भारतमा हुन्डाईले डिजेल कार नबनाउने

काठमाडौं । भारतीय बजारमा अब हुन्डाईका डिजेल गाडीको उत्पादन तथा विक्रीवितरण बन्द हुने भएको छ ।

हुन्डाई मोटर इन्डिया ‘एचएमआइएल’ले डिजेल इन्धनको विकल्पमा उपभोक्ताको प्राथमिकता बढेको र भारतमा स्टेज ६ (बीएस ६) इमिसन स्ट्यान्डर्ड मापदण्डको दोस्रो चरणको कार्यान्वयनका आउने भएसँगै यो निर्णय गरेको हो ।

पछिल्ला दिनहरूमा कम्पनीको व्यापारमा पनि ठूलो गिरावटआएको छ । सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर (एसआइएएम) ले सार्वजनिक गरेको रिपोर्ट अनुसार हुन्डाईको डिजेल इन्जिनयुक्त सवारी साधनमा ह्याचब्याक र सेडान विक्री सन् २०२० मा ११.४ प्रतिशतबाट १.४ प्रतिशतमा झरेको जनाएको छ ।

यसअघि मारुती सुजुकी, स्कोडा फक्सवागेन र रेनो निसान जस्ता अटो ब्रान्डले डिजेल सेग्मेन्टमा सवारी बन्द गर्ने घोषणा गरिसकेका छन् ।

हुन्डाईले  डिजेल भेरियन्टमा स्पोर्ट्स युटिलिटी सेग्मेन्टका सवारी उत्पादनलाई निरन्तरता दिने बताएको छ ।

हुन्डाई मोटर इन्डियाका प्रमुख अपरेटिङ अफिसर तरुण गर्ग भन्छन् , ‘डिजेलको माग एसयूभीमा सीमित भए पनि निकै बलियो छ। वास्तवमा एसयूभी जति ठूलो हुन्छ, हामीले डिजेलबाट दर्ता गर्ने विक्रीको अनुपात त्यति नै ठूलो हुन्छ।’

हाल हुन्डाईका एसयूभीमा डिजेल भेरियन्टमा टुसनको ७०-७५ प्रतिशत , अल्काजारको ६० प्रतिशत , क्रेटाको ४० प्रतिशत र भेन्यूको १५ प्रतिशत हिस्सा रहेको छ।


Back_to_top