काठमाडौं । यामाहाको एफजेड एक्स मोटरसाइकल किस्तामा खरिद गर्न चाहने ग्राहकले ब्याज तिर्नु नपर्ने भएको छ । कम्पनीले शून्य प्रतिशत ब्याजदर स्कीम दिएको कारण ब्याज तिर्नु नपर्ने भएको हो ।
नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता यामाहा राइडले एफजेड एक्स मोटरसाइकलमा ब्याज नलाग्ने स्कीम दिएको छ । उक्त स्कीममा मोटरसाइकल खरिद गर्ने मानिसले डाउन पेमेन्ट वापत भने मूल्यको ५० प्रतिशत रकम बुझाउनु पर्ने हुन्छ ।
कम्पनीले ल्याएको अफर अन्तर्गत कर्जा रकम २४ महिनाको किस्तामा तिर्न सक्ने छन् । यामाहा एफजेड एक्सको मूल्य ४ लाख ४५ हजार ९०० रुपैयाँ रहेको छ । यसमा ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्दा २ लाख २२ हजार ९५० रुपैयाँ सुरूमा तिर्नुपर्छ । त्यति नै रकम कर्जा वापत लिँदा प्रत्येक महिना ९ हजार २९० रुपैयाँका दरले २४ महिनासम्म तिर्नु पर्छ ।
यस्तो छ यामाहा एफजेड एक्स मोटरसाइकल
एफजेड एक्समा १४९ सीसी सिंगल सिलिन्डर, टु भल्ब, एफआई ब्लू कोर इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ७ हजार २५० आरपीएममा १२.४ पीएस पावर र ५ हजार ५०० आरपीएममा १३.३ एनएम टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ५ स्पीडको गियरबक्स छ ।
त्यसैयरी, यसमा पूरा एलईडी लाइट, डिजिटर मिटर, वाई कनेक्ट एपसहितको कनेक्टिभिटी सिस्टम, ट्रान्स्सीस्टर कन्ट्रोलर इग्निसन(टीसीआई) सिस्टम, डबल डिस्क ब्रेक दिइएको छ । साथै, सिंगल च्यानल एबीएस, रेडियल ट्युबलेस टायर, अलोय ह्वील, फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा ७ स्टेपको मोनोक्रस सस्पेन्सन सेटअप लगायतका फिचरहरू पाउन सकिन्छ ।


