काठमाडौं । उपत्यकामा सार्वजनिक सवारी साधन चलाउने चालक तथा सहचालकलाई सवारी चलाउँदा लागनु पर्ने पोशाक वितरण गरिएको छ ।
महानगरिय ट्राफिक प्रहरी महाशाखा तथा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघको सहकार्यमा ल्याएको योजना अनुसार सबै मार्गका सहचालक तथा चालकले अनिर्वायरुपमा पोशाक लगाउनु नियम बनाइएको हो ।
‘चालक तथा सहचालकमा अनुशासन, सभ्यता तथा सार्वजनिक सावारीमा थीति बसाल्नकालागि यस्तो अभियानको सुरुवात गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अब सावरी चलाउँदा सवारी पोशाक नलगाउने चालकलाई कारबाही गरिने महाशाखाले जनाएको छ ।
अनिवार्य रुपमा सबैलाई पोशाक लगाउन आग्रह गर्दै महासंघका महासचिव सरोज सिटौलाले पोशाक अभियान देशव्यापीरुपमा संचालन गरिने बताए ।
महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले उपत्यकामा चल्ने सबै समितिका बस तथा माइक्रोबसका चालक र सहचालकलाई अनिवार्य रुपमा पोशाक लगाउन आग्रह गरे ।
समितिकाअनुसार बस, माइक्रोबस, टेम्पाका चालक तथा सहचालक सबैलाई भिन्नाभिन्नै रङको ज्याकेट प्रदान गरिएको छ । जसमा चालकलाई रातो र सहचालकलाई हरियो रङमा जाकेट बनाइएको छ ।