काठमाडौं । नेपालमा सवारी साधन भन्ने बित्तीकै निकै महंगो साधनको रुपमा दिने गरिन्छ । यसको मुख्य कारण यसमा लाग्दै आएको करका दरले हो । यति महंगोमा सवारी साधन गरिद गरिसकेपछि त्यसको सुरक्षाको लागि बीमा गर्नु अनिर्वाय हुन्छ ।
तेस्रो पक्ष बिमा नभएको अवस्थामा सवारी धनीले दुर्घटनामा भएको क्षतिको क्षतिपूर्ति भर्नुपर्छ ।
अर्को कुरा सवारी साधन भनेको सडमा लिएर जाने साधन भएकाले त्यसका कारण उत्पन्न हुने क्षतीलाई समेत बीमा गर्ने चलन रहेको छ । संसारमै मोटर बीमा अनिर्वाय जस्तै रहेको छ ।
नेपालमा संचालनमा रहेका अधिकासं बीमा कम्पनीको मुख्य प्रिमियम संकलनको स्रोत मोटर बीमा रहेको छ । त्यसलाई मध्येनजर गर्दै कम्पनीले बजारको आवस्यकता अनुसार बीमा पोलिसी निर्माण गर्ने गरेका छन् ।
सडकमा गुड्ने सवारी साधनहरू मोटरसाइकल, कार, जिप, ट्रक, बस, ट्याक्टर आदिमा हुन सक्ने सम्भावित जोखिमको सुरक्षणको लागि सबै बीमा कम्पनीले बीमा लेख तयार पारेका छन् । सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, भूकम्पलगायतका कारणबाट मोटरमा हुने क्षतिबाट बच्नका लागि मोटर बीमा निकै सहयोगी बन्दै गएको छ ।
अनिर्वाय छ तेस्रो पक्ष बीमा
आफ्नो सवारी साधनले अर्को सवारी साधन, व्यक्ति वा भौतिक सम्पत्तिलाई क्षति पुर्याएको अवस्थामा आईपर्ने आर्थिक जोखिम हस्तारन्तण गर्नु तेस्रो पक्ष बीमा हो । यस योजनाअनुसार आफ्नो सवारी साधनले अन्य साधन वा सम्पत्तिलाई हानी पुर्याएको अवस्थामा तेस्रो पक्षलाई कम्पनीले नै दाबी भुक्तानी गर्छ । यस्तो अवस्थामा सवारी धनीले आर्थिक भार लिनुपर्दैन । तर, तेस्रो पक्ष बिमा नभएको अवस्थामा सवारी धनीले दुर्घटनामा भएको क्षतिको क्षतिपूर्ति भर्नुपर्छ ।
ब्यापक बीमा
दुर्घटनाको कारण आफ्नो मोटरमा हुने क्षतिसहित तेस्रो पक्षको बीमाको योजनालाई ब्यापक बीमा भनिन्छ । सवारी साधनको चोरी, बाढी पैहिरोमा परी क्षति भएमा, कुनैपनि अबस्थामा टुटफुट भएमा यो योजनाले जोखिम बहन गर्छ । यसका साथै थप बीमा शुल्क तिरी हुलदंगा बाट हुने क्षतिको जोखिमसमेत कभर गर्न सकिन्छ ।