काठमाडौं । सार्वजनिक यातायातमा काम गर्ने मानिसको आवस्यकता भन्दै दैनिक पत्रिकामा बिज्ञापन प्रकाशन गरेको छ ।
आज सोमबार कान्तिपुर दैनिकमा बाबा गोकर्णेश्वर यातायात अटो प्रालिले बिज्ञापन प्रकाशनगरी एकै पटक ५०–५० जना चालक र सहचालकको लागि बिज्ञापन आह्वान गरेको छ।
पछिल्लो समय सकारले यातायात संचालन गर्ने विभिन्न समितिलार्इ कम्पनी रजिष्ट्रारमा दर्ता भएर यातायात संचालन गर्नु पर्ने व्यवस्था गरेसँगै यातायात कम्पनीले सार्वजनिक रुपमा नै विज्ञापन मार्फत कर्मचारी माग गरेको हो।
चालकको लागि कम्पनीले उपत्यकाको सार्वजनिक बसमा काम गरेको अनुभव हुनु पर्ने छ भने सहचालकको लागि नेपाली नागरिकता र मिठो बोलीबचन भएकाे हुनुपर्ने छ ।

