यामाहाले आज सार्वजनिक गर्दै जेडआर ‘स्ट्रिट र्याली’, मूल्य २ लाख ९ हजार

काठमाडौं । नाडा अटो शो २०१८ सुरु हुनुभन्दा केहि घन्टा अगाडिमात्रै यामाहाले ‘स्ट्रिट र्याली’ एडिसन सार्वजनिक गर्ने भएको छ । 

काठमाडौंमा एक कार्यक्रमको आयोजनागरी कम्पनीले नयाँ स्कुटर सार्वजनिक गर्न लागेको हो । नेपाली बजारमा यामाहा मोटरसाइकलको आधिकारी बिक्रेता मोरङ्ग अटो वर्कले गर्दै आएको छ ।  नयाँ ‘स्ट्रिट र्याली’ स्कुटरमा स्पोर्टी ग्राफिक्स् डिजाइन दिइएको छ जसले ‘रे जेडआर डिजाइन ट्रेन्ड’लाई थप ‘बोल्ड’ र ‘मस्कुलर’ बनाएको छ । 

नयाँ ‘स्ट्रिट र्याली’ एडिसन दुई फरक रङ्ग र्याली रेड र रेसिङ ब्लुमा नेपाली बजारमा उपलब्ध रहेको छ । यसको फ्रन्ट डिजाइन यामाहाको चर्चित एमटी–०९ बाट प्रभावित छ । 

स्पोर्टी मिरर, फुल्ली डिजिटल मिटर र ‘राइजिङ एयर टेल’जस्ता नयाँ फिचरहरु यसमा समावेस गरिएको छ ।  

११३ सीसीको ‘कन्टिनियस्ली भेरियबल ट्रान्समिसन’ (सीभीटी) युनिटसहितको एअर–कुल्ड, ४ स्ट्रोक, एसओएचसी, २–भल्भ, ‘ब्लु कोर’ इन्जिन रहेको यो बाइकको एसिलेरेसन र पिकअप दुवै उत्कृष्ट रहेको कम्पनीले दाबी गरेको छ । 

अगाडि रहेको १७० एमएम डायमिटरको डिस्क ब्रेक र एलोइ ह्वीलले स्कुटरलाई नियन्त्रण गर्न सहज बनाउँछ । कि सेक्युर ग्रिप सिस्टम, आकर्षक टेल लाइट, दुई तहको आरामदायी सिटजस्ता अन्य फिचर छन् । 

नेपालमा यामाहा रे जेडआर ‘स्ट्रिट र्याली’को बजार मूल्य रु २ लाख ८ हजार ९०० रुपैयाँ तोकिएको छ । 


Back_to_top