काठमाडौं । यातायात व्यवस्था विभागले साउन महिनासम्ममा अहिलेसम्म ट्रायल पास गरेर र रिनु गर्न आवेदन दिएर बसेका सबैलाई कार्ड वितरण गर्ने तयारी गरेको जनाएको छ ।
विभागसँग भएको आठवटै प्रिन्टरलाई पूरै क्षमतामा चलाएर कार्डको छपाई गरिरहेको जनाएको छ ।
दैनिक सात हजार पाँच सय कार्ड छाप्न सकेको अवस्थामामात्र योजनाअनुरुप स्टक कार्डको समस्या हटाउन सकिन्छ । अहिले विभागले दुई सिफ्ट गरेर बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म छपाई गरिरहेको छ ।
विभागका प्रवक्ता तुलसीराम अर्यालले पुराना र नयाँ गरी आठवटा प्रिन्टरबाट दैनिक पाँच हजार कार्ड छापिएको जानकारी दिएका हुन् ।
‘असार मसान्तसम्म स्टक कार्ड हटाउने योजना बनाएका छौँ । अहिले दैनिक पाँच हजार कार्ड छापिरहेको छ । नयाँ आर्थिक वर्षमा स्टक कार्डको बोझ हटाउने योजनाअनुरुप कार्ड छपाईलाई तिव्रता दिइएको हो,’ मेरोअटोसँग कुरा गर्दै अर्यालले भने ।
विगतका समयमा सिर्जना भएको कार्डको अभावलाई दाहोरिन नदिन विभागले सक्दो प्रयास गरिरहेको उनले जानकारी दिए ।
उनकाअनुसार हालसम्म दुई लाख पुराना कार्ड पेन्डिङ छन् । दैनिक सात हजार पाँच सय कार्ड छाप्न सकेको अवस्थामामात्र योजनाअनुरुप स्टक कार्डको समस्या हटाउन सकिन्छ । अहिले विभागले दुई सिफ्ट गरेर बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म छपाई गरिरहेको छ । अब नाइट सिफ्ट पनि गरेर दैनिक छपाई सात हजार पाँच सय पुर्याउने लक्ष्य विभागको रहेको छ ।
‘सर्वसाधारणले स्मार्ट लाइसेन्स समयमा नपाउँदा निक्कै समस्या भोगेका छन् । अगामी दिनमा कार्ड अभाव हुन नदिने योजना बनाएका छौँ । स्टक कार्डको समस्या सुल्झिएपछि एकैदिनमा कार्ड निर्माण गरी वितरण गर्ने योजना विभागले बनाएको छ ।
‘प्रिन्टर झिकाए पनि इन्स्टल गर्ने विज्ञ भएनन् । त्यसकारण कार्ड छपाई केही ढिला सुरु भयो ।’ प्रवक्ता अर्याल भने, आगामी दिनमा मागअनुसार कार्ड छाप्ने प्रतिवद्धतासहित सर्वसाधरणले दुःख पाउने अवस्था नरहने दाबी गरेका छन् ।

