काठमाडौं । भारतीय बजारमा जुलाई महिनामा विभिन्न कम्पनीले नयाँ कार सार्वजनिकको तयारी गरेका छन् । यसले बजारमा उपभोक्ताका लागि रोजाइमा थप अप्सन उपलब्ध भएको छ । नयाँ कार खरिद गर्न चाहानेका लागि मेमा सार्वजनिक हुने कार पनि विकल्प हुनसक्छ । नयाँ सार्वजनिक हुने कारमा एसयूभीदेखि राम्रो पफर्मेन्स दिने कारसम्म छन् ।
फरारी पोर्टोफिनो
स्पोर्टस् कार निर्माता फरारीले यो कारको नाम इटालीको एउटा सहरको नामबाट राखेको हो । यो कारमा ३.९ लिटर चर्वोचार्जड भी–८ इञ्जिन रहेको छ, जसले ७५ सय आरपीएममा ६ सय बीएचपी पावर दिन्छ । अटोमेटिक गेयरबक्स रहेको यो कार शून्यदेखि १०० को स्पीड ३.५ सेकेन्डमै तय गर्न सक्छ । यो कार सार्वजनिकको औपचारिक मिति तय नभएको भए पनि जुलाईमै बजारमा आउनेछ ।
भोल्भो एक्सी–४०
स्वीस कार निर्माता कम्पनी भोल्भोको एक्ससी–४० कार हिजाे अर्थात् जुलाई ४ मा सार्वजनिक भएकाे छ । भोल्भोको भारतमा सार्वजनिक भएको सबैभन्दा सानो एसयूभी एक्ससी–४० पहिलो चरणमा दुई सय वटामात्र उपलब्ध हुनेछ । एक हजार ९ सय ९६ सीसीको डिजेल इञ्जिनयुक्त यो कारमा ८ स्पीड ट्रान्समिसन छ । २ सय १० किलोमिटर अधिकतम् गति रहेको एक्ससी–४० को ४० देखि ४५ लाख भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
पोर्स्च–९११ जीटी–२ आरएस
पोर्स्च–९११ पिकअप भर्सन–९११ जीटी–२ आरएस भारतीय बजारमा जुलाईमा सार्वजनिक हुनेछ । यसको मूल्य करिब ४ करोड भारतीय पर्ने अनुमान गरिएको छ । यो कारमा ३.८ लिटर ट्वीन टर्वोचार्ड इञ्जिन रहेको छ, जसले ६ सय ६ बीएचपी पावरमा सात सय ५० एनएम टर्क दिन्छ । यो कार शून्यबाट १०० गति तय गर्न दुई सेकेन्डमै गर्छ ।
जीप कम्पास ट्रेलहाक
जीप कम्पनसको नयाँ भर्सन ट्रेलहाक सार्वजनिक गर्नेछ । यो कारमा दुई लिटरको डिजेल इञ्जिन रहेको छ, जसले १७१ बीएचपी पावरमा तीन सय ५० एनमए टर्क दिन्छ । कम्पनीले यो गाडीको मूल्य कति हुने भन्ने केही खुलाएको छैन ।