टेस्ला सीईओ इलेन मस्कले कर्मचारीलाई लेखे यस्तो इमेल

टेस्ला कार कम्पनीका अध्यक्ष तथा सीईओ इलन मस्ककाअनुसार टेस्लाले आफैँले राखेको उत्पादन लक्ष्य प्राप्त गरेको छ । त्यही अवसरमा उनले आइतबार आफ्ना सबै कर्मचारीलाई खुसीकासाथ धन्यवाद दिँदै पठाएको इमेलमा भनेका छन्, विभिन्न समस्याका वाबजुद टिमवर्कको कारण राम्रो काम भएको छ । 

‘टेन्टमा काम गर्नु परे पनि वा प्रोडक्सन लाइनअप विश्वभरिबाट ठूला कार्गो प्लेनमा ओसारेर भए पनि काम गरिछाडेका छौँ’, उनले अगाडि भनेका छन् । उनकाअनुसार ५००० वटा मोडल थ्रीको मात्र नभई मोडल एस र एक्ससहित ७००० गाडीको गतहप्ता उत्पादन गर्न सकेकोमा गौरवाबित महसूस गरेका छौँ ।

गतहप्ता टेस्लाको मोडल थ्रीको उत्पादन संख्या ५००० पुगेको छ । कम्पनी आफ्नो सेडान मोडल थ्रीको कमजोर उत्पादनलाई लिएर धेरै प्रेसरमा रहेको थियो । टेस्लाले धेरैपटक आफ्नो उत्पादन लक्ष्य भेटाउन सकेको थिएन, जसले गर्दा कम्पनीले रेभेन्यूमा निकै मार खाएको थियो । 

उनले यो उल्लेखनीय उत्पादन बृद्धिसँगै अर्को महिनासम्ममा मोडल थ्रीको प्रतिहप्ता उत्पादन ६००० युनिट पुग्ने विश्वास लिएका छन् । अन्त्यमा सबैलाई कडा परिश्रमको लागि धन्यवाद दिँदै भनेका छन्, हामी बल्ल वास्तविक कार कम्पनी भएका छौँ ।

टेस्लाको मोडल थ्रीको बुकिङ दोस्रा क्वाटरसम्म चार लाख २० हजार युनिट रहेको छ, जसको मूल्य लगभग १५ विलियन डलर रहेको छ । टेस्लाको दोस्रो क्वाटरको उत्पादन ५३ हजार तीन सय ३९ युनिट रहेको छ, जुन अघिल्लो क्वाटरभन्दा ५५ प्रतिशतले बढी हो । गएको महिना टेस्लाले चौथो जनरल प्रोडक्सन लाइन सुरु गरेको थियो, जुन टेन्टमा राखिएको छ । 


Back_to_top