काठमाडौं । यातायात ब्यवस्था विभागले ३ दिन भित्र सवारी चालक अनुमति पत्र दिने भन्दै सूचना निकालेको छ । विभागले विशेष ग्राहयता प्राप्तहरु छुट्टाएर तीन दिन भित्रै लाइसेन्स दिने भएको हो ।
विभागले आज एक सूचना जारी गर्दै अध्ययन तथा रोजगारी र शान्ति मिसनमा विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने उल्लेख गरेको छ ।
यसरी छिटो लाइसेन्स चाहिने मानिसले आगामी पुस १५ गतेदेखि विभागको वेभसाइट applydinew.dptm.gov.np मार्फत निवेदन दिन सक्ने छन् ।
यसरी आएको निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण गरिने विभागले जनाएको छ । यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुनेछ ।


