नाडा अटो शोमा डीएसएफकेको इन्ट्रीः नयाँ पिकअप र एसयूभी आकर्षण

काठमाडौं । नाडा अटो शो २०१९ मा चिनियाँ चर्चित ब्रान्ड डोङ्फेङ् सकोन (डीएफएसके) ले भाग दिने भएको छ । करिब ६ महिना अघि नेपाली बजारमा आधिकारीक विक्री वितरण सुरु भएको डिएसएफकेका एसयूभी निकै आकर्षक रहेका छन् ।

कोजु नेपालले बिक्री वितरण गर्दै आएको डिएसएफके ब्रान्डले अटो शोलाई केन्द्रमा राखेर डोङ्फेङ्काे पिकअप सार्वजनिक गर्ने तयारी गरेको छ ।

डबल क्याव पिकअप सेग्मेन्टमा आउने उक्त गाडी निकै लग्जरी रहेको कम्पनीका संचालक उमिद श्रेष्ठले जानकारी दिए ।

युरो ४ मापदन्ड अनुसारको उक्त पिकअपले अटो शोमा धेरै अवलोकनकर्ताको ध्यान खिच्ने कम्पनीले जनाएको छ । निकै प्रिमियम देखिने उक्त पिकअपको मूल्य ५९ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।

यसका अलावा कम्पनीले प्रिमियम एसयूभी ग्लोरी ५८० लाई अटो शोमा प्रर्दशन गर्ने जानकारी दिएको छ ।

‘हामी पहिलो पटक नाडा अटो शोमा भाग लिदैछौं । हाम्रो लागि सबै क्रियाकलाप यस पटकलाई नयाँ हो’ कम्पनीका संचालक श्रेष्ठले भने ।

उनका अनुसार ग्लोरी ५८० ले नेपाली बजारमा निकै राम्रो गरिरहेको र नाडा अटो शोमा राखिने पिकअपले कम्पनीको बिक्रीलाई निकै माथि लानेछ ।

कम्पनीले बिक्री वितरण गरिरहेको एसयूभी ग्लोरी ५८० को मूल्य ६२ लाख ८० हजार रुपैयाँ रहेको छ । 


Back_to_top