गौतमबुद्ध विमानस्थलले किन्यो इलेक्ट्रीक पीकअप

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युतीय सवारीसाधनको प्रयोग सुरु भएको छ । सून्य कार्वन उत्सजनलाई केन्द्रमा राखेर विमान स्थलले इलेक्ट्रीक साधनको प्रयोग थालेको हो ।

एयरपोर्ट पेट्रोलिङको लागि भन्दै जेएसी ब्राण्डको टी८ इलेक्ट्रीक पीकअप खरिद गरिएको हो । उक्त पीकअप नेपाली बजारमा दिगो ग्रुपले विक्री वितरण गर्दै आएको छ ।

‘अहिले हामीले तीन यूनिट पीकअप विमानस्थल प्रशासनलाई हस्तान्त्रण गरेका छौं । उहाँहरुले एयरपोर्ट पेट्रोलिङको लागि यसको प्रयोग गर्नु हुन्छ’, दिगो ग्रुपका बिजनेश हेड सुरज भट्टराईले मेरोअटोसँग भने ।

चिनियाँ कम्पनी जेएसीले उत्पादन गरेको यो पीकअप पेट्रोल÷डिजेलबाट चल्ने डबलक्याव जस्तै छ । पूर्णत इलेक्ट्रीक यो पीकअपमा चालकसहित ५ जना मानिसले आरामसँग यात्रा गर्न सक्छन् भने पछाडि कार्गो राख्ने स्थान रहेको छ ।

‘जेएसीको टी ८’ पीकअपमा ६७.२ किलोवाट क्षमताको लिथियम आयोन फस्फेड ब्याट्री दिइएको छ । यसमा रहेको ब्याट्रीलाई एक पटकको फुलचार्ज गरेपछि ३०० किलोमिटर गुडाउन सकिने एनइडीसीले प्रमाणित गरेको छ । यसमा रहेको ‘पीएमएसएम’ मोटरले अधिकतम १५० पीएस पावर र ३३० एनएम टर्क प्रदान गर्छ ।

यो पीकअपमा इलेक्ट्रीक हाइड्रोलिक स्टेरिङ, अगाडि चक्कामा डिस्क र पछाडि चक्कामा ड्रम ब्रेक दिइएको छ । अटोमेटिक गियरबक्स, रिजेनेरेटिभ ब्रेकिङ्ग सिस्टम, म्यनुयल एसी, लेदर सिट, चार्जिङ इन्डिकेटर, स्टेरिङ ह्वील अडियो कन्ट्रोल, तल माथि मिलाउन मिल्ने स्टेरिङ, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, डायमन्ट कट अलोय ह्वील, एबीएस, ओबीएस, सिट वेल्ट, एलइडी रनिङ लाइट, अगाडि र पछाडि फगल्याम्प जस्ता फिचर उपलब्ध रहेका छन् ।

 


Back_to_top