काठमाडौं । चालु अर्थिक वर्ष २०१८/१९मा फरक क्षमता, पावर र विशेषता बोकेका पाँच नयाँ इलेक्ट्रोनिक स्कुटर सार्वजनिक हुने भएको छ ।
अहिले भातीय बजारमा १०० र ११० सीसी इन्जिन क्षमता भएका स्कुटर बढि बिक्ने गरेका छन् । स्कुटरको बजार विस्तार गर्दै गरेको भारतले सामान्य स्कुटर भन्दा बढि क्षमता र बिशेषता बोकेको १२५ सीसीका स्कुटर पनि सार्वजनिक गर्दै आइरहेको छ ।
भारतमा आउने पाँच इलेक्ट्रीक स्कुटर
ट्वान्टी टु फ्लो
भारतको स्टार्टअप कम्पनी ट्वान्टी टु मोटर्सले अटो एक्स्पो २०१८ मा इलेक्ट्रोनिका स्कुटर लन्च गरकोे थियो । कम्पनीले सो स्कुटरको मुल्य ७४ हजार ७ सय ४० रुपैयाँ भारु तोकेको छ । तर, स्कुटरको डेलिभरी भने यो वर्षको जुनबाट गर्ने जनाएको छ ।
यो स्कुटरमा कम्पनीले आर्टिफिशियल ईन्टेलीजेन्स, डिजीटल कंसोल, इलेक्ट्रोनिक ब्रेकिङ, एलईडी लाइट्स, गियो फेसिङलगायतका अन्य सुविधाहरू समावेश गरिएको छ । स्कुटरमा डिसी मोटरको प्रयोग गरिएको छ भेन ६० एनएम टर्क राखिएको छ । साथै, यसमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । यो ब्याट्री फुलचार्ज हुनका लागि पाँच घण्टा लाग्छ । एकपटक चार्ज गरेपछि ८० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले दाबी गरेको छ । यसको स्पीड ६० किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले बताएको छ ।
एथर एस–३४०
यो वर्ष भारतीय कम्पनी स्टार्ट–अप एथर एनर्जीले एस एस ३४० इलेक्ट्रोनिक स्कुटर सार्वजनिक गर्ने भएको छ । यो स्कुटरको कन्सेप्ट सन् २०१६ मा सार्वजनिक गरिएको थियो । एथर एस ३४०ले लिथियम आयन ब्याट्रीको प्रयोग गरेको छ । यसमा रिजेनेरेटिभ ब्रेकिङ, मल्टीपल राइडिङ्ग मोड्स, मनोशक संस्पेशनलगायतका विशेषता रहेको छ ।
हिरो ईलेक्ट्रीक स्कुटर
हिरो कम्पनीको सहायक कम्पनी हिरो इलेक्ट्रीकले इलेक्ट्रीक स्कुटर उत्पादनगर्दै आएको छ । कम्पनीले अटो एक्स्पो २०१६मा नै यो स्कुटरलाई सार्वजनिक गरेको थियो । हिरो ड्युट इमा स्टान्डर्ड मोडल्स प्रयोग गरिएको छ । साथै यसमा ५ किलोवाट क्षमताभएको इलेक्ट्रीक मोटर राखिएको छ । स्कुटरले ६.५ सेकेण्डमा ० बाट ६० किलोमिटरको रफ्तारमा गुड्न सक्ने दाबी कम्पनीले गरेको छ । सिंगल चार्जमा यो स्कुटर ६५ किलोमिटरसम्म गुड्न सक्ने कम्पनीले बताएको छ ।
टिभीएस क्रिओन बेस्ट
टिभीएस मोटर कम्पनीले पनि इलेक्ट्रीक बजार विस्तारमा लाग्ने योजना बनाएको छ । कम्पनीले अटो एक्स्पो २०१८ मा क्रिओन इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको थियो । यो स्कुटरमा १२ किलोवाट क्षमता भएको इलेक्ट्रिक मोटर लगाइएको छ । ० बाट ६० किलोमिटर प्रतिघण्टाको रफ्तार पकड्न यो स्कुटरलाई ५.१ सेकेण्ड लाग्छ । एक पटक फुलचार्ज पश्चात ८० किलोमिटर गुड्ने कम्पनीले दावी गरेको छ ।
महिन्द्रा गस्टो
महिन्द्रा टु ह्वील्र्सले इलेक्ट्रिक टु ह्वीलर सेग्मेन्टमा समेत हात हालेको छ । कम्पनीले आफ्नो गास्टो स्कुटरको इलेक्ट्रोनिक भर्जन लञ्जगर्ने योजना बनाएको छ । तर, हालसम्म पनि यस कम्पनीले स्कुटरको पावर ट्रेन, रेञ्ज, टप स्पीड तथा चार्जिङको बारेमा खुलाएको छैन । महिन्द्रा कम्पनी इलेक्ट्रिक टु ह्वीलरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरिहेको छ । साथै, यस कम्पनीले अमेरिकामा गेन्जाइलेक्ट्रिक स्कुटर बेचिरहेको छ ।