काठमाडौं । फोर्ड इन्डियाले आर्कषक एसयुभी इकोस्पोर्ट गाडी नयाँ भर्सनमा ल्याउने भएको छ ।
कम्पानीले १.० लीटर इकोबुस्ट इन्जिन लाग्ने इकोस्पोर्ट गाडी तयार गरेको हो । यो गाडीले १२५ पीएसदेखि १४० पीएससम्म पावर दिने क्षमता रहेको छ ।
आगामी मे महिनामा भारतीय बजारमा सार्वजनिक गर्न लागिएको गाडीले विश्वभर नयाँ तरंग ल्याउने फोर्डले दावी गरिएको छ । कम्पनीले टाइटेनियम एस मोडल डिजेल र पेट्रोल इन्जिन दुवैमा आउने जनाएको छ ।
६ स्पिड गियर, अटोमेटिक गियरबक्स रहेको इकोस्पोर्ट टाइटेनियमका प्लस मोडलको मूल्य भारतीय बजारमा १०.४७ लाख भारु तोकिएको छ ।
उक्त मोडलको गाडीले सुजुकी भिटारा ब्रेजा, होन्डा डब्ल्यूआरवी र टाटा नेक्सनसँग मुख्य प्रतिस्प्रर्धा हुने दावी गरेको छ ।