यी हुन् भारतमा सर्वाधिक बिक्री भएका ४ युटिलिटी भेइकल, कुन कति बिक्यो ?

काठमाडौं । २०१७/१८ को तथ्यांकलाइ हेर्दा भारतीय उपभोक्ताहरु साना कारबाट सीयुभीरएसयुभी तिर आकर्षित भएको देखिन्छ । समग्र प्यासेन्जर कारको बिक्री वृद्धि प्रतिशत हेर्ने हो भने सबैभन्दा धेरै युटिलिटी भेइकलको बिक्री रहेको छ । 

सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सले सार्वजनिक गरेको तथ्यांकअनुसार २०१७/१८ माभारत मा ९ लाख २१ हजार ७ सय ८० युटिलिटी भेइकल बिकेको हो । गतवर्ष यही सेग्मेन्टका ७ लाख ६१ हजार ९ सय ९८ सवारी बिक्री भएको थियो । 

युटिलिटी भेइकल बिक्री वृद्धि २०.९७ हुँदा प्रतिशत हुँदा साना कारको बिक्री ३.३३ प्रतिशत मात्रले बढेको छ । २०१६/१७ मा भारतमा २१ लाख ३ सय ८ सय ४७ साना सवारी विक्री भएकोमा गतवर्ष २१ लाख ७३ हजार ५ सय ५० पुगेको छ । 

यस्ता छन् सर्वाधिक बिक्री हुने ४ युटिलिटी भेहकल 

मारुती ब्रेजा

मारुती सुजुकीको भिटारा ब्रेजा भारतमा सबैभन्दा धेरै बिक्रीहुने यसयुभी भएको छ । गतवर्ष भारतमा १ लाख ४८ हजार ४ सय वटा भिटारा ब्रेजा बिक्री भएको थियो । २०१६/१७ मा १ लाख ८ हजार ६ सय ४० वटा ब्रेजा बिक्री भएको थियो । मारुती सुजुकी ब्रेजा नेपाली बजारमा समेत लोकप्रिय बन्दै गइरहेको छ । 

हुन्डाइ क्रेटा

हुन्डाइको क्रेटा एसयुभी भारतमा २०१७/१८ मा १ लाख ७ हजार १ सय युनिट बिक्रीसहित दोस्रो धेरै बिक्री हुने एसयुभी बनेको छ । अघिल्लो वर्ष ९६ हजार ८ सय ९९ वटा क्रेटा बिकेको थियो । क्रेटाले नेपाली बजारमा पनि आफ्नो उपस्थिति बलियो बनाएको छ । 

महिन्द्रा बोलेरो

महिन्द्रा एन्ड महिन्द्रको चर्चित एसयुभी बोलेरो टोयोटाको इनोभालाई पछिपार्दै तेस्रो स्थानमा उक्लिएको छ । २०१६/१७ मा ६९ हजार ३ सय २८ वटा बिकेको बोलेरो २०१७/१८ मा २३.१३ प्रतिशतले वृद्धि भइ ८५ हजार ३ सय ६८ पुगेको हो । 

टोयोटा इनोभा

२०१७/१८ मा टोयोटा इनोभाको बिक्रीमा गिरावट आएको छ । भारतमा इनोभा टोयोटाको सबैभन्दा धेरै विक्री हुने मोडल हो । २०२१६/१७ मा ७९ हजार ९२ वटा विक्री भएको इनोभा २०१७/१८ मा आइपुग्दा ६ प्रतिशतले घटेर ७४ हजार १ सय ३७ मा सिमित भएको छ । 


Back_to_top