काठमाडौं । उपत्यका भित्रबाट मात्रै १० वर्षमा १२ हजार ७ सय ७० वटा दुई पाँग्रे सवारी साधन हराएका छन् ।
महानगरीय ट्राफिक प्रहरी कार्यलयकाअनुसार एक दशकमा हराएका १७ हजार ७ सय ७० दुई पाँग्रे मध्ये अधिकांस मोटसाइकल रहेको छ ।
त्यसमध्ये पनि १ सय ५० सीसी क्षमतामा इन्जिन जडान भएका मोडलहरु बढी मात्रमा हराएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
वि.स. २०६४ सालमा १ हजार २ सय ४ दुईपाँग्रे सवारी उपत्यकाबाट हराएको थियो । भने, २०६५ मा १ हजार ३ सय ३९ थान सवारी हराएका थिए ।
त्यसैगरी, २०६६ मा १ हजार ८ सय ८९ थानदुई पाँग्रे सवारी उपत्यकाबाट हराएको थियो । जुन संख्या एकै बर्षमा हराएको सवैभन्दा बढी हो ।
पछिल्लो दशवर्षमा सवैभन्दा कम सवारीसाधन चोरी भएको वर्षभने २०७२ साल रहेको छ। उक्तवर्ष ५ सय ३१ थानमात्रै दुई पाँग्रे सवारीसाधन हराएका थिए । २०७४ को फागुन सम्ममा १ हजार १ सय ५ थान दुईपाँग्रे सवारी साधान हराएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कुन वर्ष कति हराए ?
|
मिति |
संख्या |
|
२०६४ |
१२०४ |
|
२०६५ |
१३३९ |
|
२०६६ |
१८८९ |
|
२०६७ |
१९७३ |
|
२०६८ |
१३५४ |
|
२०६९ |
१०३२ |
|
२०७० |
७६१ |
|
२०७१ |
५८६ |
|
२०७२ |
५३१ |
|
२०७३ |
९४६ |
|
२०७४ |
११०५ |

