यी हुन् उपत्यकामा रहेका ९९ निःशुल्क पार्किङ्ग स्थल

काठमाडौं । उपत्यका भित्र १०१ स्थानमा पार्किङ्ग एरिया तोकिएका छन् । जसमध्ये ९९ स्थलहरू निःशुल्क पार्किङ्ग एरियामा पर्छन् भने २ स्थान सःशुल्क पार्किङ्ग स्थल हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उक्त पार्किङ्ग स्थलको क्षमता करिब ९ हजार ९९ सवारीसाधनलाई पुग्ने रहेको छ । 

उपत्यका भित्र रहेका यी पार्किङ्ग स्थलहरू उपत्यकामा रहेका २६ वटा महानगीरय ट्राफिक प्रहरी कार्यालय माताहतमा रहेका छन् । 

उपत्यकाको ४ स्थान शंकरदेव क्याम्पस अगाडि, पुतलीसडकको गल्ली, कुमारी हलको मोड, मोडल अस्पतालको छेउ महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गत रहेका छन् ।

ट्राफिक प्रहरी परिसर सातबाटो कार्यालय अन्तर्गत लगनखेल विद्युत् प्राधिकरण अगाडि, यातायात कार्यालय अगाडि, पाटन अस्पताल अगाडि, लक्ष्मी बैंक अगाडि, साझा मिलन केन्द्र अगाडि पर्छ । 

त्यसैगरी, लगनखेल माइक्रोस्टेशन, ललितपुर जिल्ला अदालत अगाडि, लगनखेल नमुना मच्छिन्द्र क्याम्पस, लगनखेल बसपार्क भित्र र लगनखेल नमुना मच्छिन्द्र क्याम्पस अगाडिको ट्याक्सी पार्किङ्ग गरीजम्मा १० वटा पार्किङ्ग स्थल सातदोबाटो अन्तर्गत पर्छन् ।

ट्राफिक प्रहरी प्रभाग गौशला अन्तर्गत ५ स्थानमा पार्किङ्ग रहेका छन् । जसमा चावहील मेडिकेयर अगाडि, जयबागेश्वरी भण्डारखाल कार्यालय अगाडि, चावहील ओरालो र द्वारिका होटल अगाडि रहेका छन् । 

ट्राफिक प्रहरी वृत्त बौद्घ अन्तर्गत ७ वटा पार्किङ्ग स्थल रहेका छन् । चुच्चेपाटी, हायातगेट, बौद्ध प्रहरी कार्यालय अगाडि, बौद्धगेट, जोरपाटी र नारायणटार रहेका छन् ।

ट्राफिक प्रहरी प्रभाग गौचरण अन्तर्गत इन्टरनेशनल पार्किङ्ग, बीच पार्किङ्ग र डोमेष्टिक पार्किङ्ग गरी जम्मा ३ वटा पार्किङ्ग स्थलहरू रहेका छन् ।

ट्राफिक प्रहरी प्रभाग एयरपोर्ट अन्तर्गत केएमसी अस्पताल अगाडि, गोल्डेन गेट अगाडि, र तिलगङ्गा अस्पतालगरी जम्मा ३ वटा पार्किङ्ग स्थलहरू रहेका छन् ।

ट्राफिक प्रहरी प्रभाग कलङ्की अन्तर्गत खसीबजार मालपोत अगाडि, कलङ्की चोक, लगनखेल बस पकेट र मकालु पेट्रोल पम्पगरी जम्मा ४ वटा पार्किङ्ग स्थल रहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्ग अन्तर्गत ९ स्थानमा पार्किङ्ग स्थल रहेका छन् । कमलादी पुरानो सिटिजन्स बंैक अगाडि, बिनामार्ग याक एण्ड यति होटल जाने बाटो, शेर्पा मल पछाडि, महेन्द्र शालिक, भोटाहिटी पुल, भोटाहिटी बजार, भोटाहिटी साझा भवन अगाडि, जमल कमलादी मोड र दरबारमार्ग पर्छ । 

ट्राफिक प्रहरी प्रभाग कोटेश्वर अन्तर्गत ९ वटा पार्किङ्ग स्थलहरू रहेका छन्, जसमा तिनकुने पार्किङ्ग, तीनकुने, मिनभवन, इन्द्रेणी कम्प्लेक्स, राष्ट्रिय बाणिज्य बैङ्क अगाडि, कोटेश्वर प्रहरी प्रभाग अगाडि, आईसीसी ३ नं. गेट अगाडि, कोटेश्वर बैंक शालिक र कोटेश्वरवृत्त अगाडि रहेका छन् । 

ट्राफिक प्रहरीवृत्त कालिमाटीमा ५ स्थान पर्छन्, जसमा प्रहरी कार्यालय अगाडिको पार्किङ्ग, टाटा मोबाइल अगाडि कुलेश्वर, बल्खु मिनी ट्रक पार्किङ्ग, मिनी ट्रक पार्किङ्ग टेकु, र कालिमाटी चोकबाट सोल्टी मोडसम्मको बायाँ साइडमा गरी जम्मा ५ वटा पार्किङ्ग स्थलहरू कालिमाटीले हेर्ने गरेको छ ।

ट्राफिक प्रहरी प्रभाग जनसेवा अन्तर्गत १० वटा पार्किङ्ग स्थल रहेका छन् । ती स्थानहरू शुक्रपथ, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा, प्यूखा, सङ्कटा (मन्दिर), महाबौद्ध, भोटाहिटी, र झोछे हुन् ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्ग अन्तर्गत ९ स्थानमा पार्किङ्ग स्थल रहेका छन् । 

ट्राफिक प्रहरी प्रभाग जावलाखेल अन्तर्गत स्टाडर्ड चार्टर्ड बैंकदेखि इटीमोडसम्म, पुरानो जिल्ला अदालत अगाडि, दूरसञ्चार भवनको दक्षिणतर्फ, बङ्गलामुखी मन्दिरको पश्चिम र दक्षिणतर्फ रहेका छन् ।

त्यस्तै, चिडियाखानाको उत्तरपूर्वी कुना, भीमसेन मन्दिर अगाडि,जावलाखेल वडा कार्यालयसँगै, हनुमानस्थान प्राङ्गण अगाडि, एकान्तकुना कपुरबोट नजिकै र महेन्द्र स्मारक स्कुल अगाडिगरी जम्मा १० वटापार्किङ्ग स्थल ट्राफिक प्रहरी प्रभाग जावलाखेलअन्तर्गत रहेका छन् । 

ट्राफिक प्रहरी प्रभाग सानेपा अन्तर्गत कांग्रेस पार्टी कार्यालय अगाडिको एउटा मात्रै पार्किङ्ग स्थल रहेको  छ ।

ट्राफिक प्रहरी प्रभाग कमलपोखरी अन्तर्गत ४ स्थान कृष्णपाउरोटी चोक, नागपोखरी नारायणचौर, डिल्लीबजार चारखाल र बालमन्दिर रहेका छन् । 

महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्ज अन्तर्गत कार्यालयगेटदेखि सुपरमार्केटसम्म र नारायणगोपाल चोकको बायाँसाइड गरी जम्मा २ वटा पार्किङ्ग स्थलहरू रहेका छन् ।

ट्राफिक प्रहरीवृत्त नयाँ बसपार्क अन्तर्गत बालाजु चोकको दक्षिणतर्फ रहेको एउटा मात्रै पार्किङ्ग स्थल रहेको छ । 

ट्राफिक प्रहरी प्रभाग बुढानिलकण्ठ अन्तर्गत पनि नारायणथान चोकको एउटा मात्र पार्किङ्ग स्थल रहेको छ ।

ट्राफिक प्रहरी प्रभाग स्वयम्भू अन्तर्गत स्वयम्भू मन्दिर परिसर र स्वयम्भू युथ क्लबगरी जम्मा २ वटा पार्किङ्ग स्थल रहेका छन् । 

ट्राफिक प्रहरी प्रभाग फर्पिङ्गअन्तर्गत दक्षिणकाली मन्दिर परिसर र दक्षिणकाली क्षेत्र प्रबन्धगरी २ वटा पार्किङ्ग स्थलरहेका छन् । यीमध्ये १ पार्किङ्ग स्थलमा शुल्क उठाउने गरिएको छ । 

ट्राफिक प्रभाग ठमेल अन्तर्गत त्रिदेवीमार्ग, त्रिदेवीमार्गभित्र, भगवान् वहाल मनाङ्गेगल्ली, वडा कार्यालय परिसर, नर्सिङचोक, र सात घुम्तीगरी ६ वटा पार्किङ्ग स्थल रहेको छ । 

ट्राफिक प्रहरी प्रभाग सुकेधारा अन्तर्गत सुकेधारा चोक र धुम्बाराही चोकगरी २ वटा पार्किङ्ग स्थलरहेका छन् ।

ट्राफिक प्रहरी प्रभाग थापाथली अन्तर्गत नर्भिक अस्पतालको एउटा पार्किङ्ग स्थलमात्र पर्छ । सो पार्किङ्ग स्थलमा शुल्क उठाउने गरिन्छ ।

ट्राफिक प्रहरी प्रभाग थानकोट अन्तर्गत त्रिभुवनपार्कमा रहेको एकमात्र पार्किङ्ग स्थलरहेको छ ।


Back_to_top