पर्वत । झण्डै एकदशकदेखि अलपत्र बहुचर्चित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको निर्माण पर्वत खण्डमा तीव्र पारिएको छ ।
राष्ट्रिय गौरवको आयोजना चीन–भारत जोड्ने सबैभन्दा छोटो कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीदेखि फलेवास जोड्ने सडकखण्डको मार्ग खुलाउने तथा स्तरवृद्धिको काम तीव्रगतिमा अघि बढेको छ ।
अहिले मार्ग खुलाउने, पहिले खनिएको सडक चक्ल्याउने, तारजाली हाल्ने, नालीसेतु बनाउने, नाली काट्नेलगायत काम भइरहेको आयोजनाले जनाएको छ ।
करिडोरअन्तर्गत रानीपानी–फलेवास सडकखण्डको स्तरवृद्धि गर्न चालु आर्थिक वर्षमा ३९ करोड रुपैयाँ बजेट विनियोजन भएपछि निर्माण अघि बढेको हो ।
उक्त सडकखण्डको काम एक वर्षभित्र नै सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । अहिले मार्ग खुलाउने, पहिले खनिएको सडक चक्ल्याउने, तारजाली हाल्ने, नालीसेतु बनाउने, नाली काट्नेलगायत काम भइरहेको आयोजनाले जनाएको छ ।
करिडोरकै अर्को खण्ड छिमेकी जिल्ला बागलुङ हुँदै खनिएपछि ओझेलमा परेको पर्वत खण्डले चालु आवमा आएर पूर्णता पाउने भएको प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए ।
‘आफ्नो लामो समयको प्रयासपछि उक्त बजेट विनियोजन गर्न सफल भएको बताउँदै उनले अब यसलाई सम्पन्न गराएरै छाड्ने दृढता व्यक्त गरे ।
यही महिनादेखि निर्माण दु्रतगतिमा भइरहेको गैँडाकोट–राम्दी–मालढुंगा आयोजना आयोजना कार्यालय पाल्पाले जनाएको छ ।
उक्त करिडोर १० मिटर फराकिलो बनाइनाका साथै घुम्ती तथा ग्रेड सुधार र ह्युम पाइप, नालीसेतु निर्माणजस्ता काम चालु आवभित्रै सक्नेगरी काम भइरहेको छ । सडकको निर्माण गर्ने जिम्मा पाएको महालक्ष्मी सिंह एण्ड ब्रदर्श कम्पनीले जतिसक्दो छिटो सम्झौताबमोजिम काम गर्नेगरी जनशक्ति परिचालन गरिएको जनाएको छ ।
स्याङ्जाको मिर्मीदेखि पर्वतको अर्मादीसम्मको कूल ५४ किमी सडकखण्डमध्ये अब झण्डै सात किमी मात्रै खुल्न बाँकी छ ।
उक्त सडकको हालै प्रदेशमन्त्री लम्सालले शुभारम्भ गर्दै भारतबाट चीनको कोरला नाका जोडिएकाले सो सडक यस क्षेत्रको विकासका लागि मेरुदण्ड भएको बताए ।
‘यो करिडोरले हिन्दूहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ धाम र बौद्ध धर्मावलम्बीको धार्मिक स्थल लुम्बिनीलाई पनि सीधा जोड्छ’, मन्त्री लम्सालले भने ।
स्याङ्जाको मिर्मीदेखि पर्वतको अर्मादीसम्मको कूल ५४ किमी सडकखण्डमध्ये अब झण्डै सात किमी मात्रै खुल्न बाँकी छ । पर्वत खण्ड बागलुङ खण्डभन्दा झण्डै ३० किमी छोटो हुने भएकाले यस क्षेत्रबाट सवारी आवतजावत बढी हुने स्थानीयवासीको विश्वास छ ।
त्यस्तै कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादन, उद्योग स्थापनामा समेत यो करिडोरले टेवा पु¥याउने देखिन्छ । कालीगण्डकी करिडोरको पर्वत खण्डबाट जिल्लाको कुश्मा र फलेवास नगरपालिका तथा बिहादी गाउँपालिकाका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुने भएका छन् ।
अलपत्र करिडोरको काम सञ्चालन भएपछि दक्षिण पर्वतको बिहादी गाउँपालिकाका बासिन्दा अझै बढी हर्षित बनेका छन् । बाटो बनेपछि उनीहरु सहजरुपमा सदरमुकाम आवतजावत गर्न सक्नेछन् ।

