किन चर्चित छ किमजोङको ‘बुलेट प्रुफ ट्रेन’

काठमाडौं । गत महिना मात्रै उत्तर कोरियाका राष्ट्रपति किम जोङ ऊनले चीनको भ्रमण गरे । जसको चर्चा विश्वभर अझै सेलाएको छैन । उनले चिनियाँ राष्ट्रपतिलाई भेटेर वार्ता गरेको चर्चाभन्दा पनि अहिले उनले प्रयोग गरेको निजी रेलको चर्चा संसारभर जारी रहेको छ ।  

बेइजिङको भ्रमण उनको विशेष रेलका कारण नै विश्व जगतले थाहा पायो । बेइजिङ रेलवे स्टेसनमा यो रेल देखिएकै कारण गुपचुप राख्न खोजिएको उनको भ्रमण पनि सार्वजनिक भएको हो । 

२०११ मा किम जोङ इलसँग रेलमा यात्रा गर्ने रुसी अधिकारीले आफ्नो पुस्तकमा लेखेका छन् ‘रेलमा रुसी, चिनियाँ, जापानी तथा फ्रान्सलेली कुनै पनि किसिमको खानेकुरा पाइन्छ ।’ 

अत्यन्तै विस्तारै गुड्ने भएपनि किम चढ्ने रेलमा भएको सुविधा कुनै पनि पाँच तारे होटलको भन्दा कम छैन । आउनुहोस जानौ के छ त किमको विशेष रेलमा ।  

किमका पिता किम जोङ इल पनि विदेश यात्रामा जादा यही रेलको प्रयोग गर्थे । उनलाई विमानबाट यात्रा गर्न मन पर्दैनथ्यो । 

यो रेलमा २१ वटा आलिसान डब्बा राखिएको छ । यात्रा गर्ने विशेष मानिसका लागि पेरिसको रक्सी, झिंगा माछा तथा सुगुरको मासुको पनि व्यवस्था रहेको छ ।

यति मात्रै होइन कि किम जोङ इललाई पट्यार लाग्यो भने उनको मनोरन्जनका लागि केही सुन्दरीको पनि व्यवस्था गरिएको हुन्थ्यो । यी सुन्दरीलाई लेडी कन्डक्टर्सको नामले चिनिन्थ्यो ।

यो बख्तरबन्द रेलमा ९० विशेष डिब्बा छ र यसको माध्यमबाट तीनवटा रेल चल्छ । एक रेलमा नेता खुद यात्रा गर्छन् भने तेस्रो रेलमा अतिरिक्त अंग रक्षक तथा विशेष किसिमका सामग्रीहरु हुने गर्छ । रेलका प्रत्येक डिब्बा बुलेटप्रुफ छन् । 

यसै कारण रेलको वजन पनि बढी छ । यसैले रेल अधिकतम ६० किलोमिटरको प्रति घन्टाको दरमा मात्रै गुड्छ । उत्तर कोरियामा २० वटा यस्ता स्टेसन छन् जसलाई शाषकले निजी प्रयोजनका लागि प्रयोग गर्छन् । 

२०११ मा किम जोङ इलसँग रेलमा यात्रा गर्ने रुसी अधिकारीले आफ्नो पुस्तकमा लेखेका छन् ‘रेलमा रुसी, चिनियाँ, जापानी तथा फ्रान्सलेली कुनै पनि किसिमको खानेकुरा पाइन्छ ।’ 

किम जोङ इलको एक फुटेजका अनुसार रेलमा घरमा जस्तो आलिसान सोफा, खानपिनका लागि फरक डिब्बा रहेको छ । त्यति मात्रै होइनकि रेलमा टेलिभिजन स्क्रीन पनि रहेको छ । यसकारण यो रेल घरभन्दा कम महसुश हुदैन । एजेन्सीको सहयोगमा


Back_to_top