पैसा बचत र दुर्घटना कम गर्न इलेक्ट्रीक स्कुटर चार्ज गर्दा ५ कुरामा ध्यान दिनुहोस्

काठमाडौं । इलेक्ट्रीक स्कुटर किन्ने र खर्च बचाउने धेरैको चाहाना हुन थालेको छ । इलेक्ट्रीक सवारीसाधन प्रयोगकर्ताले इन्धन, इन्जिन आयलमा हुने खर्च पुर्णरुपमा बचाउन सक्छन् भने स्पेयर पार्टस्मा हुने खर्चमा ९० प्रतिशतसम्मले बचत गर्न सक्छन् ।

तर, चालकले गलत तरिकाले इलेक्ट्रीक सवारी साधनको प्रयोग गर्नाले ठूलो खर्च ब्यहोर्नु पर्ने तथा मानविय क्षतिसमेत हुने अवस्था आउन सक्छ ।

भारतमा इलेक्ट्रीक स्कुटरमा आगो लागेको कारण २०२२ मा धेरैले आफ्नो ज्यान गुमाउनु परेको थियो । हालसम्म इलेक्ट्रीक स्कुटरमा आगलागिका कारण १०० भन्दा धेरैले आफ्नो ज्यान गुमाएको तथ्याङ्क बाहिर आएको छ ।

आज हामीले इलेक्ट्रीक स्कुटर किन्ने चालकले गर्नु पर्ने वा अपनाउनु पर्ने सावधानीका बारेमा यहाँ चर्चा गरेका छौं ।

घर भित्र चार्ज नगर्ने

आज भोलि धेरैजसो इलेक्ट्रीक स्कुटरहरुमा रिमुभएबल ब्याट्रीको प्रयोग हुने गरेको छ । यसो हुँदा हामीले स्कुटरबाट ब्याट्री झिकेर कोठमा लगेर ब्याट्री चार्ज गर्ने गछौं । तर, रुममा भन्दा स्कुटर पार्किङ गरिएको स्थानमा नै चार्ज गर्नु उचित हुन्छ ।

हतारमा चार्ज नगर्ने

अति आवश्यक परेको अवस्थामा बाहेक अन्य समयमा हतारमा इलेक्ट्रीक स्कुटर चार्ज नगर्न विज्ञहरुले सुझाव दिने गरेको छन् । स्कुटर चलाएर ल्याउने बित्तिकै चार्जमा राख्दा ब्याट्री ‘ओभर हिट’ भएर आगो लाग्ने सम्भावना हुन्छ । त्यस्तैले स्कुटर रोकेको केही समय पश्चात् मात्रै ब्याट्री चार्ज गर्नु राम्रो हुन्छ ।

सहि चार्जरको प्रयोग

आजकल स्कुटर १ घन्टा, २ घन्टा भित्रै चार्ज हुन्छ भन्दै धेरै भोल्टको चार्जर प्रयोग गर्ने गरेको पाइन्छ । थोरै समयको बचत गर्न खोज्दा जोखिम निम्तिन सक्ने हुन्छ । त्यसकारण हामीले ब्याट्रीको क्षमता हेरेर सहि चार्जरको प्रयोग गर्दा जोखिम बाट बच्न सकिन्छ ।

ओभरनाइट चार्ज नगर्ने

धेरै जसो अवस्थामा मोवाइल होस् वा इलेक्ट्रीक स्कुटर रातभर चार्जमा जोडेर राख्ने गरिन्छ । यसरी चार्जर जोडिराख्दा स्कुटरमा भएको ब्याट्री फुल चार्ज भइसक्दा पनि स्कुटरमा करेन्ट सप्लाई भइराखेको हुन्छ । कुनै समय हाइ भोल्टेज आउँदा स्कुटरको चार्जर, कन्ट्रोल र ब्याट्रीमा नै समस्या आउन सक्छ । त्यसैले टाइमिङ मिलाएर चार्ज गर्न सकिन्छ । आजभोलि स्मार्ट प्लगहरु समेत किन्न पाइन्छ । यसको प्रयोग गरेर पनि ओभरनाइट हुने चार्जबाट जोगाउन सकिन्छ ।

लाइफ साइकल

कुनै पनि ब्याट्रीको लाइफ साइकल निर्धारित हुन्छ । यो ब्याट्रीमा प्रयोग भएको टेक्नोलोजी तथा त्यसको क्षमतामा निर्भर हुन्छ । ब्याट्रीको लाइफसाइकलको सदुपयोगको लागि हामीले जहिले पनि चार्ज गर्दा फुल चार्ज गर्नु राम्रो हुन्छ । हरेक पटक चार्ज गर्दा २०÷३० प्रतिशत गर्ने वा आधामात्र चार्ज गर्ने बानी हटाउनु राम्रो हुन्छ । यसले ब्याट्रीको लाइफ साइकलमा गिरावट ल्याउँछ ।

 


Back_to_top