यामाहा मोटरसाइकल किन्दा दुई वर्ष ट्याक्स नलाग्ने

काठमाडौं । यामाहाका मोटरसाइकल तथा स्कुटर किन्दा दुई वर्र्षको रोड ट्याक्स नलाग्ने स्कीम आएको छ । कम्पनीले दुई वर्षको रोेड ट्याक्स उपलब्ध गराउने ‘ट्याक्स रिल्याक्स स्कीम’ ल्याएको हो ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्ल्यूले विभिन्न फाइनान्स स्कीमका साथ ट्याक्स रिल्याक्स स्कीम ल्याएको हो ।

यो स्कीममा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले दुई आर्थिक वर्षको सडक कर छुट पाउने छन् ।

यामाहाले ग्राहकको क्षमता अनुसारको डाउन पेमेन्ट, शून्य प्रतिशत ब्याजदर जस्ता स्कीम उपलब्ध गराइरहेको छ । यसका साथै कम्पनीले इजी फाइनान्स स्कीममा ग्राहकलाई सजिलै फाइनान्स सुबिधामा मोटरसाइकल उपलब्ध गराउँदै आएको छ ।

यामाहाका यी स्कीम नेपाल भर रहेको आधिकारि शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यामाहाका कुनै पनि मोटरसाइकल तथा स्कुटरमा यो स्कीम लागू हुने कम्पनीको भनाई छ ।


Back_to_top