फोर ह्वील ड्राइभको सट्टामा ‘एचआई-फोर’ टेक्नोलोजी

काठमाडौं । चिनियाँ अटोमोवाइल ग्रुप ग्रेटवाल मोटर्सले ‘संघाइ अटो शो २०२३’मा नयाँ टेक्नलोजी ‘एचआई-फोर’ सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार सार्वजनिक भएको ‘हाइब्रिड इन्टेलिजेन्ट फोर ह्वील ड्राइभ टेक्नलोजी’ (एचआई-फोर) ले गाडीको पफर्मेन्समा सुधार हुनुको साथै, कम खर्च र किफायती समेत हुनेछ ।

फोर ह्वील ड्राइभको इन्टेलिजेन्ट फिचरको रुपमा लन्च गरिएको यो टेक्नलोजीमा ड्यूल मोटर डिजाइन गरिएको छ । यसको फ्रन्ट एक्सलमा पेट्रोल इन्जिन र इलेक्ट्रीक मोटर रहन्छ भने पछिाडिको एक्सलमा थप एक इलेक्ट्रीक मोटर रहन्छ ।

हाइब्रिड टेक्नलोजी भएको हुनाले यसमा लिथियम आयोन ब्याट्री प्याक रहने छ । यसको इलेक्ट्रीक ड्राइभ मोडले १०० किलोमिटर रेन्ज दिन्छ । जीडब्लुएमको नयाँ एचआई-फोर सिस्टमले अटोमेटीक रुपमा ग्यासोलिन मात्र, इलेक्ट्रीक मात्र वा दुबै प्रकारको इन्जिन आवश्यकता अनुसार परिवर्तन गर्न सकिन्छ ।

ग्रेटवालले सिस्टममा धेरैवटा सेन्सरहरुको प्रयोग गरेको छ । बाटोको अवस्था अनुसार कुन मोडमा गाडी चलाउँदा उत्कुष्ट पफर्मेन्स पाइन्छ त्यो सिस्टमले नै छनोट गर्नेछ ।

उदाहरणको लागि यदि गाडी ‘लो स्पीड’मा गुडिरहको छ भने इलेक्ट्रीक मोटरले मात्र गाडी संचालन गर्छ । गाडीलाई हाई स्पीडमा चलाउदा भने ग्यासोलिन इन्जिन आफै एक्टिभेट हुन्छ । साथै, हार्ड एक्सिलरेसन वा म्याक्सीमम् पावर चाहिएमा भने सबै इन्जिनले संयूक्त रुपमा काम गर्छ ।

परम्परागत हाइब्रिडभन्दा यो इन्जिनका केहि धेरै फाइदा छन् । पहिलो यो इन्जिनमा इलेक्ट्रीक मोटरले मात्र एक्लै काम गर्ने भएकाले यसको इफिसीयन्सी राम्रो छ । दोस्रो गाडीमा रहेको दुबै इलेक्ट्रीक मोटरले संयुक्त रुपमा काम गर्ने भएकाले म्याक्सिमम पावर पाउन सकिन्छ । त्यस्तै, अन्य हाइब्रिड कारभन्दा ठूलो ब्याट्री प्याक रहने भएकाले यो गाडीको इलेक्ट्रीक मात्रको रेन्ज धेरै रहेको छ ।

यो सिस्टममा इन्टेलिजेन्ट टर्क भेक्टर कन्ट्रोलर सिस्टमले काम गरेको हुन्छ । जसले टर्क र पावर एड्जस्ट गर्दै अगाडि र पछाडिको एक्सलमा आवश्यकता अनुसार बाड्ने काम गर्छ । फलस्वरुप भिजेको वा हिलो भएको बाटाहरुमा ट्रयाक्सन कन्ट्रोल हुन गई चक्का स्पीन हुनबाट रोक्नेछ ।

कम्पनीलका अनुसार यो टेक्नलोजीमा तीनवटा मोटरको प्रगोग भएता पनि फोर ह्वील ड्राइभ इलेक्ट्रीक हाइब्रिड आर्किटेक्चरमा बनेकाले यसमा उत्पादन लागत बढेको छैन । जीडब्लुएमले मे १५ तारिकमा लन्च भएको हाभल साइलोङ म्याक्समा पहिलो पटक यो टेक्नलोजीको प्रयोग भएको जनाएको छ ।


Back_to_top