मोटरसाइकल चालकले अगाडि वा पछाडिको ब्रेक छान्ने ३ अवस्था

काठमाडौं । नेपालमा दुई पाङ्ग्रे साधनको प्रयोग ब्यापक बन्दै गएको छ । सडक संजालको विस्तारसँगै गाउँमा पनि दुई पाङ्ग्रे साधनको प्रयोग बढ्दो क्रममा देखिन्छ ।

दुई पाङ्ग्राको सहारामा चल्ने भएको कारण तुलनात्मक रुपमा मोटरसाइकल असुरक्षीत साधन मानिन्छ । तथापि, प्रयोग गर्न सहज भएकै कारण त्यसलाई थप सुरक्षा फिचर दिएर कम्पनीहरुले पनि उत्पादन गर्दै आएका छन् ।

पछिल्लो समय सेफ्टीको लागि भनेर प्रायः सबै मोटरसाइकलमा डिस्क ब्रेक एबीएस जस्ता फिचर उपलब्ध हुन थालेका छन् । डिस्क ब्रेक चाँडो प्रतिक्रिया जनाउने ब्रेकिङ सिस्टममा पर्छ । त्यसैले डिस्कसँगै एबीएस जस्ता फिचर उपलब्ध गराइएको हो ।

हामीले मोटरसाइकलमा कसरी ब्रेक प्रयोग गर्ने भन्ने विषयमा यहाँ चर्चा गर्न लागेका हौं । मोटरसाइकल गुडाउँदा अगाडि र पछाडिको दुबै ब्रेकलाई छुट्टा छुट्टै किसिमले प्रयोग गर्न सकिन्छ ।

तर, एक्कसी मोटरसाइकल रोक्नु पर्दा अगाडि वा पछाडि मध्ये कुन ब्रेकको धेरै प्रयोग गर्ने भन्ने नयाँ चालकहरुलाई थाहा नहुन सक्छ ।

पछाडिको ब्रेक शक्तिशाली हुन्छ

अगाडिको तुलनामा पछाडिको ब्रेक ७० प्रतिशत बढी शक्तिशाली हुन्छ । सामान्य ट्राफिक भएको खाली रोडमा कम स्पीडमा मोटरसाइकल छ भने पछाडिको ब्रेक मात्रैको प्रयोगबाट मोटरसाइकल आरामले रोक्न सकिन्छ ।

सामान्य तरिकाले मोटरसाइकल गुडिरहेको अबस्थामा अगाडिको बे्रक थोरै मात्र लगाउनु पर्छ । सधै पछाडिको ब्रेक हल्का लिएपछि मात्रै अगाडिको बे्रक लगाउँदा सुरक्षीत तरिकाले मोटरसाइकल रोक्न सकिन्छ ।

कस्तो समय अगाडिको ब्रेक प्रयोग नगर्ने

प्रायःजसो मोटरसाइकल चलाउने चालक जस्तोसुकै स्पीडमा पनि अचानक अगाडिको ब्रेक लगाउँछन् । त्यहि कारण दुर्घटना हुने गरेको देखिन्छ ।

स्पीडमा अगाडिको ब्रेक धेरै लगाउनाले मोटरसाइकल चालकले नियन्त्रण गुमाउने हुँदा दुर्घटना हुन पुग्छ । मोटरसाइकलको स्पीड धेरै भएको बेला जहिले पनि पछाडिको ब्रेक लगाएपछि मात्रै अगाडिको ब्रेक थोरै प्रयोग गर्नु राम्रो हुन्छ ।

सडकको अवस्था अनुसारको ब्रेक

तपाईले मोटरसाइकल चलाईरहेको सडक सीधा छैन थोरै दाँया वा बाँया मोडिएको छ भने यो अवस्थामा अगाडिको ब्रेक लगाउनु खतरनाक हुन्छ । यस्ता सडकमा अगाडिको ब्रेक लगाउने बितिकै मोटरसाइकल चिप्लने सम्भावना धेरै हुन्छ ।

यदि तपाई स्पीडमा मोटरसाइकल चलाइरहनु भएको छ र पछाडिको ब्रेक नलगाइ अगाडिको मात्रै ब्रेक लगाउनुभयो भने यस्तो अबस्थामा मोटरसाइकलको पछाडिको चक्का सडकभन्दा माथि उठ्छ । त्यस्तो अवस्थामा कट्रोल गर्न सकिदैन र अगाडिको टायर चिप्लीएर मोटरसाइकल दुर्घटनामा पर्छ ।

अन्त्यमा, मोटरसाइकलको ब्रेक लगाउने सहि तरिका भनेको दुबै ब्रेकको प्रयोग अवश्यकता अनुसार गर्नु हो । ब्रेक जहिल्यै पछाडिको चक्काबाट लगाउन सुरु गर्नु पर्छ ।

पछाडि ब्रेक लगाएको दुई तीन सेकेन्डमा पूर्ण स्पीड कन्ट्रोल भएपछि मात्रै अगाडिको ब्रेक हल्का लगाउनु पर्छ । यसले गर्दा मोटरसाइकलको टायर जाम हुन पाउँदै र चालकलाई मोटरसाइकलमा नियन्त्रण कायम गर्न सहज हुन्छ ।


Back_to_top