काठमाडौँ । नेपालस्थित चिनियाँ राजदूतावासले नेपाल प्रहरीलाई ५६ लाख बराबरको २३ वटा मोटरसाइकल सहयोग स्वरुप प्रदान गरेको छ ।
दूतावासले महानगरीय प्रहरी कार्यालय काठमाडौँलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैया मूल्य बराबरको सो मोटरसाइकल हस्तान्तरण गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई मंगलबार आयोजित कार्यक्रममा चिनियाँ राजदूतावासका प्रथम सचिवले उक्त मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
सो क्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तिव्रता आउने विश्वास व्यक्त गर्दै उक्त सहयोगका लागी चिनियाँ राजदुतावासलाई धन्यवाद व्यक्त गरे ।


