काठमाडौं । यदि तपाईका बजेट २५ लाख रुपैयाँ हो र तपाई एउटा पारिवारीक इलेक्ट्रीक कारको खोजीमा हुनुहुन्छ भने तपाई एक पटक एचईभी-३०० हेर्न सक्नुहुन्छ ।
एस क्यूब इन्टरप्राइजेजले नेपाल ल्याएको एचईभी-३०० नाडा अटो शो २०२४ बाट बिक्री सुरु भएको मोडल हो । कम्पनीले यसको मूल्य २५ लाख ९९ हजार तोकेको छ ।
यसलाई किन्न चाहने मानिसले डाउन पेमेन्ट बापत ५ लाख २० हजार रुपैयाँ तिर्नु पर्छ । बाँकी रकम २० लाख ७९ हजार रुपैयाँ बैंक तथा वित्तिय संसथाबाट कर्जा लिन सकिन्छ ।
अहिले बैंकको ब्याजदर ८ प्रतिशत हाराहारीमा पाउन सकिन्छ । यसरी दिने कर्जा ७ वर्ष भित्र ८४ किस्तामा तिरिसक्नु पर्ने हुन्छ । एमइभी ३०० किन्ने मानिसले मासिक ३२ हजार १०० रुपैयाँ हाराहारी किस्ता तिर्दा पुग्नेछ ।
यस्तो छ कार
ह्याचब्याक डिजाइनको ‘एचईभी-३००’ मोडलको लम्बाई ३७४० एमएम, चौडाई १६५५ एमएम र उचाई १५५० एमएम छ । यसमा २४१५ एमएमको ह्वीलबेस पाउन सकिन्छ ।
पाँच सिट क्षमताको भनेर बिक्री हुने कारमा आधुनिक फिचरहरूको लामै लिस्ट पाउन सकिन्छ । यसमा १०.२५ इन्चको फ्लोटिङ डिस्प्ले, जीपीएस नेभिगेशन, भ्वाइस रिकगनिशन, ओटा अपडेट दिइएको छ ।
कम्पनीले यसमा ३२.५६ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री दिएको छ । एचईभी-३०० कारमा ३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । यसको पीकटर्क भने १२५ एनएम छ ।
कम्पनीले यसमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी प्रदान गर्ने जनाएको छ ।