एमजीले नयाँ ब्याट्रीमा कार ल्याउने, मूल्य थप सस्तो बन्दै

काठमाडौं । चिनियाँ सरकारी लगानीको कम्पनी एसएआईसीले मोरिस ग्यारेज (एमजी) ब्राण्डका कारमा आगामी १२ महिना भित्रै सोलिड स्टेट ब्याट्री प्रयोग गर्ने घोषणा गरेको छ ।

यहि ग्रुपको अर्को ब्राण्ड आइएम मोटर्सले आफ्नो एल-६ सेडान कारमा यसअघि नै सेमी सोलिड स्टेट ब्याट्री प्रयोग गरिसकेको छ ।

विश्वभरका गाडी निर्माताहरुले सोलिड स्टेट ब्याट्रीको प्रयोगसँगै विद्युतीय सवारीसाधनमा नयाँ क्रान्ति आउने उल्लेख गरेका छन् । तर, धेरै कम्पनीहरुले सन् २०२६ पछि मात्रै सोलिड स्टेट ब्याट्री प्रयोगमा आउने बताउँदै आएका छन् ।

संसारकै सबैभन्दा ठूलो कार निर्माता टोयोटाले सन् २०२७ बाट र जर्मन ब्राण्ड बीएमडब्लुले सन् २०३० बाट मात्र नयाँ टेक्नोलोजीको ब्याट्री प्रयोग गर्ने योजना सार्वजनिक गरेका छन् ।

एमजीले पनि केहि समय अघि सन् २०२६ बाट मात्र सोलिड स्टेट ब्याट्री प्रयोगमा आउने जनाएको थियो । तर, एसएआईसी ग्रुपका कार्यकारी भाइस प्रेसिडेन्ट भेहिलक अपरेशन यु जीङमीङका अनुसार अगाडि नै सोलिड स्टेट ब्याट्रीको प्रयोग गरिने दावी गरेका हुन् ।

उनका अनुसार सन् २०२५ को सेकेण्ड क्वाटर देखाउने र यहि वर्षको अन्त्यसम्ममा यस्ता ईभी बिक्री वितरण सुरु हुने जनाएका हुन् । उनले एमजीको कुन मोडलमा यो ब्याट्रीको प्रयोग हुने भन्ने विषयमा स्पष्ट भने गरेनन् ।

सोलिड स्टेट ब्याट्री अहिले चलन चल्तीमा रहेको लिथियम आयोन ब्याट्रीभन्दा दुई गुणा बढी इनर्जी डेन्सीटी हुनेछ । जसका कारण एमजीका ईभीहरुले आधा साइजको व्याट्री प्रयोग गरेर अहिलेका मोडलहरुको जतिनै रेन्ज दिने छ ।

कम तौल र कम मूल्यमै आगामी विद्युतीय कारहरु बजारमा ल्याउनेगरी एमजीले काम गरिरहेको छ ।


Back_to_top