भारतमा मारूती एर्टिगाको प्रि–बुकिङ सुरु, २१ नोभेम्बरमा सार्वजनिक हुने

मारुती सुजुकीले आफ्नो नयाँ जेनेरेशन एर्टिगा एमपीभीको भारतीय बजारमा बुकिङ सुरु गरेको छ । नयाँ हियरटेक्ट प्लेटफर्ममा निर्माण गरिएको एर्टिगा ११ हजार भारतीय रुपैयाँमा बुकिङ गर्न सक्ने कम्पनीले जनाएको हो । 

पेट्रोलमा ४ भेरिएन्ट र डिजेलमा ४ भेरिएन्टका साथ आउने यो गाडी ५ कलर भेरिएन्टमा उपलब्ध हुने छ । 

नयाँ गाडी पहिलेको एर्टिगाभन्दा फराकिलो र स्पेसियस रहेको जनाइएको छ । 

स्लिकर प्रोजेक्टर हेडल्याम्पको साथ आएको गाडीमा नयाँ फ्रेस ग्रिल दिइएको छ । १.५ लिटरको पेट्रोल र १.३ लिटर डिजेल इन्जिनको साथ आएको नयाँ एर्टिगामा फाइभ स्पिड म्यानुअल ट्रान्समिसन जडान गरिएको छ । एएमटी अप्सनमा समेत यो गाडी उपलब्ध हुने जनाइएको छ । 

सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ड्युअल एयर ब्याग रहेको गाडीमा अत्याधुनीक इफोटेन्टमेन्ट सिस्टम दिइएको छ । 

नयाँ एर्टिगा आगामी नोभेम्बर २१ मा लन्च गर्ने तयारी भइरहेको छ । 


Back_to_top