मारुतीको चर्चित कार जिप्सीको उत्पादन बन्द हुँदै

मारुती सुजुकीले सन्  १९८५ को डिसेम्बरमा सुजुकी जिप्सीको पहिलो संस्करण बजारमा सार्वजनिक गरेको थियो । अब भने कम्पनीले यसको बुकिङ बन्दगर्न लागेको हो । 

यो मिनि अफरोड गाडीको सन् २०१९ मार्च ३१ बाट कम्पनीले उत्पादननै बन्द गर्न लागेको भारतीय मिडिया कारएन्डबाइकले उल्लेख गरेको छ । 

भारत सरकारले ल्याएको नयाँ इमिशन मापदन्डलाई आधार मान्दै कम्प्पनीले जिप्सीको उत्पादन बन्द गर्न लागेको हो । 

भारत सरकारले ल्याएको नयाँ सुरक्षा गाइड लाइनमा डियुल एयरब्याग, एबीएस, इबीडी, रिर्भस पाकिङ सेन्सर, स्पीढ सेन्सीङ अटोलक जस्ता फिचरहरु समाबेस हुनु पर्ने छ । 

भारत सरकारले ल्याएको नयाँ सुरक्षा मापदन्डको कारण करिब ३० वर्षको यात्रा पश्चात् मारुती सुजुकीको आइकोनिक कार जिप्सीको उत्पादन बन्द हुने भएको हो ।


Back_to_top