इलेक्ट्रीक कारमा ब्यापक कर थपियो

काठमाडौं । सरकारले इलेक्ट्रीक कारको अन्तःशुल्क र भन्सारमा व्यापक वृद्धि गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क र भन्सार दुबै वृद्धि गरेका हुन् ।

मन्त्री शर्माले केही महिनाअघि प्रतिस्थापन विधेयक मार्फत अन्तःशुल्क पूर्णरुपमा घटाएका कारण चर्चा बटुलेका थिए । अहिले उनैले १०० किलोवाट क्षमताको मोटर जडान भएको कारमा चलाइएकाे छैन भने १०० किलोवाट पावर माथि २०० किलोवाटसम्मका गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।

त्यसैगरी २०१ देखि ३०० किलोवाट क्षमताका मोटर जडान भएको कारमा ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत नै अन्तःशुल्क तथा ३०० किलोवाट भन्दा माथिको मोटर जडान भएको कारमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत नै अन्तःशुल्क लगाएको छ ।


Back_to_top