काठमाडौं । सरकारले आज जारी गरेको आर्थिक वर्ष २०७९/८० को बजेटले मोटरसाइकलको भन्सारमा ब्यापक वृद्धि गरेको छ । तर, २०० सीसीभन्दा कम क्षमताको मोटरसाइकलमा भन्सार दर चलाइएको छैन ।
आर्थिक ऐनका अनुसार सरकारले २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा २० प्रतिशतले अन्तःशुल्क र १० प्रतिशतले भन्सार वृद्धि गरेको छ ।
साथै, २५१ सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलमा यसअघि ३० प्रतिशत भन्सार शुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर ७० प्रतिशत बनाइएको छ भने अन्तःशुल्क ८० प्रतिशत कायम गरिएको छ ।
त्यसैगरी ५०१ सीसीदेखि माथिका सबै मोटरसाइकलमा भन्सार ८० प्रतिशत बनाइएको छ । यो कारमा लाग्ने भन्सार बराबर नै हो । यसअघि सबै सीसीका मोटरसाइकलमा ३० प्रतिशत मात्रै भन्सार लाग्ने गथ्र्यो ।
सरकारले बढाएको करले २०० सीसी माथिका मोटरसाइकल खरिद गर्दा ठूलो मूल्य तिर्नु पर्ने अवस्था आयो ।


