चितवनमा गुडिरहेको विद्युतीय कारमा आगलागी, एकको मृत्यु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-९ स्थित बसन्तचोक गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान पूर्व-पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ५५७९ नम्बरको एवोन ब्राण्डको विद्युतीय कारमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दमकलको सहायताले कारमा लागेको आगो निभाइएको छ ।

कार भित्रै रहेका एक जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको परिचय खुल्न सकेको छैन ।

गुडिरहेको कारमा के कारणले आगो लाग्यो भन्ने खुल्न सकेको छैन । घटना बारे अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।


Back_to_top