केईका कार किन्नेलाई उपहारै उपहार, तीन दिने मेला लाग्दै

काठमाडौं । केईको लागि नेपालका दुई आधिकारीक बिक्रेता लक्ष्मी इमोविलिटी र जीओ अटोमोवाइलले संयुक्त रुपमा तीन दिने एक्सचेन्ज कार्निभल आयोजना गर्ने भएका छन् ।

‘एक्सचेन्ज कार्निभल-२०८२’ नाम दिएर गर्न लागिएको एक्सचेन्ज क्याम्प यही बैशाख २६ गतेदेखि २८ गतेसम्म संचालन हुनेछ । एक्सचेन्ज कार्निभल  थापाथली आयोजना हुनेछ ।

केईले नेपाली बजारमा आफ्ना इलेक्ट्रीक मोडलहरु ईक्यूट ०२, ईक्यूट ०४ र एक्सथ्री प्रो मोडल बिक्री गर्दै आएको छ । यस कार्निभलमा आफूसँग भएका पुराना कुनैपनि ब्राण्डका कारहरुसँग एक्सचेन्ज गर्न सकिने जनाएको छ ।

यस कार्निभलमा एक्सचेन्ज गर्न चाहने ग्राहकहरुले एक्सचेन्ज बोनस, क्यास डिस्काउण्टका साथै एक वर्षको वार्षिक कर र फुल इन्स्योरेन्स निःशुल्क पाउने छन् ।

यसका अलावा कम्पनीले कार्निभलमा गाडी बुकिङ गर्ने ग्राहकहरुले ईक्यूट मोडलहरुमा बोस्चको जेट कार वासर र एक्सथ्री प्रोसँग बोस्चको वासिङ मेसिन उपहारमा पाउनेछ ।

केई नेपालले एक्सचेन्ज कार्निभल अवधिभर म्युजिक, रमाइला खेलहरु, सरप्राइज गिफ्टहरु प्रदान गर्ने जनाएको छ । त्यसैले कम्पनीले परिवारसहित कार्निभलमा उपस्थिति हुन आग्रह गरेको छ ।


Back_to_top