हिजोको सरकारी निर्णयले यी गाडी आयात बन्द हुने

काठमाडौं । कोरोना भाइरसको महामारी अटोमोवाइल क्षेत्रमा पनि पर्दै आएको छ । सरकारले अटोमोवाइल क्षेत्रमा गरेको नियन्त्रणले केही कम्पनीले नेपालमा बिक्री वितरण हुँदै आएका गाडीमा प्रत्यक्ष असर गर्ने देखिएको छ ।

हिजो बसेको मन्त्री परिषदको निर्णयले ५० हजारभन्दा बढी मूल्यका गाडी आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै बजारमा उपलब्ध रहेका महंगा ब्राण्डलाई असर गर्ने भएको हो ।

सरकारको अहिलेको निर्णयले मर्सिडिजका सबै प्रकारका गाडी आयातमा प्रतिबन्ध लागेको छ । सरकाले लिएको नयाँ नीतिपछि महंगा गाडीका डिलर लिएकाहरुमा केही कम्पनीहरु समस्यामा पर्ने छन् ।

‘सरकारले गरेको निर्णयले व्यवसाय बन्द भएको छ । संख्यात्मक आयातमा ध्यान नदिएर केही यूनिट गाडी आयात रोक्ने सरकारी कदम गलत हो’, किशोर गियरका संचालक किशोवादे श्रेष्ठले मेरोअटोसँग भने ।

सरकार डब्ल्यूटिओको मूल्य र मान्यता भन्दा बाहिर गएर निर्णय गरेको भन्दै विश्व ट्रेडको अलिकति पनि ज्ञान सरकार संचालकसँग नभएको श्रेष्ठले बताए ।

सरकारले ५० हजार डलरभन्दा महंगो मूल्यको गाडी आयातमा प्रतिवन्ध लगाउने निर्णय गरेपछि नयाँ आउँदै गरेको ब्राण्ड बिएमडब्ल्यू, नेपालमा बिक्री वितरण हुँदै आएकाे लेक्सस र टोयोटा ल्याडक्रुजरको टप मोडलमा समस्या परेको छ ।

नयाँ निर्देशन अनुसार जीपले नेपाल ल्याउँदै गरेको ग्राण्डचेरोकी र र्याङलर पनि प्रभावित हुने देखिएको छ ।


Back_to_top