यी १० भग्यमानी कार, जसले पुरानाे भएपछि पाए २ अर्वभन्दा बढी मूल्य

सुन, सेयर वा घरजग्गा किन्न खर्च गरिएको पैसालाई लगानी मानिन्छ । अनी गाडी किन्न गरिएको खर्चलाई चैं ‘खर्चै’ मानिन्छ । गाडीको मुल्यमा समयसँगै गिरावट हुँदै  जाने (डेप्रिसियट) भएका कारण यस्तो अवधारणाको निर्माण भएको हुनसक्छ ।

तर, सँधै यस्तो नहुने रहेछ ! कतिपय गाडीहरु त समय बित्दै जाँदा झन्–झन् महङ्गो हुँदै जाने पो रहेछन् । तर, यस्ता गाडीहरु ‘मास प्रडक्सन’ गरिएका र सहरबजारमा सामान्य ढंग गुडिरहने गाडी भने पक्कै पनि होइनन् । 

हामी यहाँ त्यस्ता गाडीहरुको बारेमा चर्चा गर्दैछौं जुन समयक्रम सँगै महङगीदै गए र सबै कारले बर्षौ चल्दापनि २ देखि ४ अर्व रुपैयाँभन्दा बढी धनराशीमा लिलामी भए । अब आश्चर्यचकित हुन तयार रहनुस है !

१९५५ मोडलको ज्यागुअर डि-टाइप


यो गाडी सन् २०११ मा आरएम सोथबी नाम गरेका ब्यक्तिले २ करोड १७ लाख ८० हजार अमेरिकी डलरमा बिक्री गरेका हु्न् । ‘लि म्यान्स २४ आवर’ नाम गरेको स्पोर्टस कार रेस बिजेता यो कार आफ्नो पुरानै स्वरुपमा रहेको अन्तिम कार हो । 

१९३५ मोडलको डिउसेनर्बग एसएसजे


यो कार सन् २०१८ मा ‘गुडिङ एण्ड को’ नाम गरेको कम्पनीले २ करोड २० लाख डलरमा बिक्री गरेको हो । यो कार सन् १९३५ ताका तत्कालिन फिल्मी सितारा ग्रे कुपरको स्वामित्वमा रहेको थियो । सन् २०१८ मा बिक्री भएको यो कार अमेरिकामा बनेको सबैभन्दा बढि मुल्यमा बिक्री भएको कार बनेको छ ।

एस्टन मार्टिन डिबिआर–१ 


यो कार सन् २०१७ मा २ करोड २५ लाख ५० हजार डलरमा आरएम सोथबीले बिक्री गरेका हुन् । एस्टन मार्टिनले ‘डिबिआर १’ ५ वटा मात्र बनायो र यो कार तिनै मध्यको एक हो । रोय साल्भाडोरी, स्टिरलिङ मोस, ज्याक ब्राब्हाम र क्यारोल सेल्बी जस्ता चालकहरुले चलाएको यो कारले सन् १९५९ को नुरबुरग्रिङ १००० किमि रेस जितेको थियो ।

१९६४ फरारी २७५ जिटिबी/सी स्पेसल


यो कार सन् २०१४ मा ‘आरएम अक्सनमा’ २ करोड ६४ लाख डलरमा बिक्री भएको हो । यो धेरै सोधखोज गरिएको गाडी हो । यो मोडलको गाडी कम्पनीले ३ वटा मात्र बनाएको थियो । 

१९६७ फरारी २७५ जिटिबी/४ एस नार्ट स्पाइडर


यो कार सन् २०१३ मा ‘आरएम अक्सनमा’ २ करोड ७५ लाख डलरमा बिक्री भएको हो । यो गाडी बनेदेखि लिलामी हुन्जेलसम्म एकजनाको मात्र स्वामित्वमा रह्यो । यो गाडी धनाड्य ब्यापारी एडी स्मिथले किनेका थिए ।

१९५६ फरारी २९० एमएम


यो कार आरएम सोथबीले सन् २०१५ मा २ करोड ८० लाख ५० हजार डलरमा बिक्री गरेका हुन् । यो कार सन् १९५६ मा मिली मिग्लियाले चलाएका थिए । यो कारको अविश्वस्निय रेसिङ इतिहास रहेको बताइएको छ ।

१९५४ मर्सिडिज बेञ्ज डब्लु १९६


यो कार सन् २०१३ मा बोनह्याम्सले २ करोड ९६ लाख डलरमा बिक्री गरेको हो । मर्सिडिजले यो मोडलको गाडी १४ वटा मात्र बनाएको थियो । जसमध्ये १० वटामात्र उपलब्ध छन् । र, ति मध्ये पनि ३ वटा म्युजियममा राखिएका छन् । ब्यक्तिगत संग्रहका लागि उपलब्ध यो एउटै कार हो ।

१९५७ फरारी ३३५ एस


यो गाडी सन् २०१६ मा आर्टक्युरलले ३ करोड ५७ लाख डलरमा बिक्री गरेको हो । सन् १९५७ मा बनेको यो कार पिटर कलिन्स र मउरिस ट्रिन्टिग्नेन्टले पनि चलाएका थिए । 

१९६२ फरारी २५० जिटिओ


यो कार सन् २०१४ मा बोनह्याम्स द्धारा ३ करोड ८१ लाख डलरका बिक्री भएको हो । यो कार एउटै परवारको स्वामित्वमा ३९ बर्षसम्म रहेको थियो ।

१९६२ फरारी २५० जिटिओ


संग्रहकर्ता आरएम सोथबीले यो कार ४ करोड ८४ लाख डलरमा बिक्री गरेका थिए, सन् २०१८ मा । यो लिलामीमा बिक्री गरिएको अहिले सम्मकै महङ्गो कार हो । यो कारको निकै सफल रेसिङ इतिहास छ । 


Back_to_top