हलिउड सुपरस्टार आर्नोल्डले फिल्म टर्मिनेटरमा चढेको हार्ले डेभिड्सन बाइकले लिलाममा रेकर्ड बनाएको छ ।
आर्नोल्डले फिल्म टर्मिनेटरमा एक रोबोटको भूमिका निर्वाह गरेका थिए । यस फिल्मको एक दृश्यमा आर्नोल्डले हार्ले डेभिड्सनको प्रयोग गरेर एक बच्चाको ज्यान बचाएको देखाइएको थियो ।
यो दृश्यमा प्रयोग भएको बाइक ‘हार्ले डेभिड्सन फ्याट वोय’ थियो । उक्त बाइक लिलामीका लागि राखिएको थियो । चार लाख ८० हजार अमेरिकी डलर अर्थात् करिब पाँच करोड रुपैयाँमा बिक्री भएको यो बाइकले लिलाम बिक्रीमा रेकर्ड बनाएको छ ।
कम्पनीले यस बाइकलाइ ‘हलिउड आइकन तथा लेजेन्ड’ नामक लिलामीमार्फत् बिक्री गरेको हो । कम्पनीले यसको लिलामीबाट दुई देखि तीन लाख डलरसम्म आउन सक्ने अनुमान गरेको थियो ।
हार्ले डेभिड्सनको आइकनिक बाइक कसले किन्यो भन्नेबारे कुनै जानकारी दिइएको छैन । ९० को दशकतिर हार्लेको फ्याट वोय धेरै रुचाइएको बाइक थियो । टर्मिनेटरमा आर्नोल्डले प्रयोग गरेपछि भने यसको लोकप्रियता अझै बढेको छ ।


