अझै पावरफुल इन्जिनमा आयो पल्सर एनएस ४०० जेड, थपियो यस्ता फिचर

काठमाडौं । पल्सर सिरिजकै सबैभन्दा ठूलो मोटरसाइकल पल्सर एनएस ४०० जेडको नयाँ भर्सन आउने भएको छ । कम्पनीले अझै पावरफुल, अझै फिचर थप गरेर ल्याउने भएको हो ।

कम्पनीले अबको केही दिनमै सार्वजनिक गर्ने तयारी गरिरहेको पल्सर एनएस ४०० जेड २०२५ को फिचर र इन्जिन पावर बाहिर आएको हो ।

पल्सर एनएस ४०० जेड २०२५ मोडलमा रिफाइन गरिएको ३७३ सीसी सिंगल सिलिण्डर लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ४३ पीएस पावर र ३७ एनएम टर्क जेनेरेट गर्छ । रेगुलर मोडल पल्सर एनएस ४०० जेडलेभन्दा यसले ३ पीएस ज्यादा पावर जेनेरेट गर्छ । यो पावर केटीएम ड्युक ३९० को बराबर हो । यसका कम्पनीले क्विकसिफ्टर समेत दिएको छ । यसले मोटरसाइकलको पर्फमेन्स अझै बढाउने छ ।

कम्पनीले मोटरसाइकलको टायरमा पनि परिर्वतन गरेको छ । नयाँ पल्सर एनएस ४०० जेडमा अपोलो अल्फा एच १ टायर दिइएको छ । यो पुरानो मोडलमा भएकोभन्दा वाइडर टायर हो भने बजाजले सिन्टर्ड ब्रेक प्याडको प्रयोग गरेको छ । सिन्टर्ड प्याडले सेरामिकको तुलानामा ज्यादा ‘वाइट’ गर्छ । यसले ब्रेकिङ क्षमातका वृद्धि गर्छ ।

यो मोटरसाइकलमा स्लिप र असिस्ट क्लच राइड-बाइ-वायर, रोड, रेन, स्पोर्ट, र अफ-रोड राइडिङ मोडहरू साथै, स्वीच गर्न मिल्ने ट्राक्सन कन्ट्रोल र डुअल-च्यानल एबीएस रहेको छ ।

यस मोटरसाइकलमा फुल कलर एलसीडी स्क्रीन रहेको छ । जसमा ब्लुटूथ कनेक्सनको सुविधा उपलब्ध छ । यसले टर्न-बाइ-टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, र अन्य राइड सम्बन्धित आवश्यक जानकारी प्रदान गर्दछ ।


Back_to_top