इटालीमा कोरोना महामारी बीच नयाँ इलेक्ट्रीक कार सार्वजनिक

काठमाडौं । चीनबाट सुरु भएको कोरोना (कोभिड १९) भाइरसको सर्वाधिक चपेटामा रहेको इटालीमा नयाँ इलेक्ट्रीक कार सार्वजनिक भएको छ । इटालियन कम्पनी फियातले नयाँ इलेक्ट्रीक कार ‘५०० इ’ सार्वजनिक भएको हो ।

सार्वजनिकसँगै कम्पनीले यसको बुकिङसमेत खुल्ला गरेको छ । तर, कम्पनीले ‘फियात ५०० इ’लाई अनलाइन प्ल्याटर्फम मार्फत सार्वजनिक गरेको हो । फियातले नयाँ इलेक्ट्रीक कार जेनेभा मोटर शोमा सार्वजनिक गर्ने तयारी गरेको थियो । कोरोना भाइरसको कारण नै जेनेभा मोटर शो स्थगित भएपछि कम्पनीले अनलाइनबाट यसलाई सार्वजनिक गरेको हो ।

तेस्रो जेनेरश फियात ५०० इको अगाडीको ग्रिलमा व्यापक परिमार्जन गरिएको छ भने सबै लाईट परिवर्तन गरि नयाँ एलइडी लाईट दिइएको छ ।

फियातको इलेक्ट्रीक ह्याचव्याकको लम्बाई ३६३० एमएम, चौडाई १६९० एमएम र उचाई १४८० एमएम रहेको छ । यसमा आकर्षक १७ इन्चको अलोय ह्वील दिइएको छ ।

कारको इन्टेरियर पनि निकै आकर्षक रहेको छ । यसमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ भने ७ इन्चको इन्ट्रुमेन्ट कन्सोल दिइएको छ । यसमा अटोनोमस ब्रेकिङ सिस्टम समावेस गरिएको छ ।

फियात ५०० इमा ४२ किलोवाट आवरको लिथिएम आयोन व्याट्री दिइएको छ । १५० किलोमिटरको टप स्पीडमा गुडाउन सकिने यो कारले ११६ बीएच पावर प्रदान गर्नेछ ।

यसलाई ८५ किलोवाट क्षमताको फार्स्ट डिसि चार्जरले चार्जगर्दा ३५ मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ । यसलाई एक पटकको फुल चार्जमा ३५० किलोमिटर चलाउन सकिने बताइएको छ । यूरोपमा यसको मूल्य ३७ हजार ५०० यूरो निर्धारण गरिएको छ ।


Back_to_top