६० वर्षअघि सबैको चाहना थियो कोरोना कार, अहिले भाइरसले सबै आतङ्कीत

काठमाडौं । कुनैपनि नाम मानिसको रोजाइमा यति धेरै पर्छ तर केही पाउने चाहनाको लागि भने, कुनै आफ्नो वरिपरि नआवस् भन्नको लागि । कोरोना नामबाट सन् १९५७ मा आएको टोयोटाको चर्चित कार पाउन हरेक मानिसले चाह राख्ने गरेका थिए । तर, अहिले चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) ले संसारलाई त्रसित बनाएको छ ।

टोयोटाले यसको उत्पादन बन्द गरेको दुई दशक भइसकेको छ । त्यतिबेला टोयोटाले यो कारको नाम ल्याटीन शब्द कोरोनाबाट लिएको थियो । ल्याटीन शब्दमा कोरोना भनेको मुकुट हो । यो गाडी टोयोटाले निर्यात गर्ने गरेको थियो ।

यसमा ३३ हर्सपावरको १.० लिटर इन्जिन दिइएको थियो भने ३ स्पीडको म्यानुयल गियरबक्स जडान भएको थियो ।

निसानले १९६३ मा व्ल्यूवर्ड नामको कार ल्याएपछि योसँग थप प्रतिस्पर्धा गर्न टोयोटाले कोरोनामा व्यापक परिमार्जन गरेको थियो । १९७३ मा होन्डाले अकर्ड ल्याएसँग यी दुई मोडलबीच कडा प्रतिस्पर्धा भएको थियो ।

सुरुवाति ३० वर्षमा १० लाख कोरोना कार बिक्री भएको थियो । १९८७ मा कम्पनीले १० लाख यूनिट बिक्री भएको खुसियालीमा ५०० यूनिट लिमिटेड एडिसन बनाएको थियो । यसलाई सुपर रुमी पनि भनिन्थ्यो । यसमा २.० लिटर इन्जिन दिइएको थियो । कम्पनीले सन् २००१ देखि कोरोनालाई पूर्ण रुपमा बन्द गरेको हो ।


Back_to_top