चेरी ग्रुपको पहिलो सोलिड स्टेट ब्याट्री तयार

काठमाडौं । चिनियाँ अटोमोबाइल ग्रुप चेरीको लागनी रहेको ‘अनहुई अनुवा’ कम्पनीले सोलिड स्टेट ब्याट्री (एसएसबी) को उत्पादन सुरू गरेको छ । अहिले ट्रायल प्रोडक्सन सुरू गरेको कम्पनीले ठूलो परिमाणमा उत्पादन भने सन् २०२७ बाट गर्ने भएको हो ।

चियिनाँ ब्याट्री उत्पादक कम्पनी गोसन र चेरीको संयुक्त लगानीमा तयार भएको सेम्बली लाइनअपबाट अहिले पहिलो जेनेरेसन सोलिड स्टेट ब्याट्री उत्पादन सुरू भएको हो ।

कम्पनीले बनाएको पहिलो जेनेरेसन सोलिड स्टेट ब्याट्रीको इनर्जी डेन्सीटी ३०० किलोवाट आवर प्रतिकेजी छ । यो ब्याट्रीले ‘नो फायर, नो एक्सप्लोजन’ परीक्षण समेत पास गरिसकेको छ ।

कम्पनीका अनुसार अहिले ट्रायल उत्पादन भएको सोलिङ स्टेट ब्याट्रीको इनर्जी डेन्सीटी ३०० वाटआवर प्रतिकेजी छ । दोस्रो जेनेरेशनमा पुग्दा ४०० र सन् २०२७ बाट ठूलो परिमाणमा उत्पादन थाल्दा तेस्रो जेनेरेसन पुग्ने र ५०० वाटअवार प्रतिकेजी इनर्जी डेन्सीटी पुग्ने दाबी गरिएको छ ।

फुल चेन प्रोडक्सन प्लाण्ट रहेको अनवाको एसेम्बली लाइनमा अटोमेटिक कोटिङ, कोटिङ अफ नेगेटिभ एण्ड पोजेटीभ ब्याट्री सेल, इलेक्ट्रोड डायफ्राम कम्पोजिट, डायनामिक हिट सिलिङ जस्ता ८ थरिको फंङ्सन हुन्छ ।

सन् २०२० मा स्थापना भएको यो कम्पनीमा चेरी इनर्जी र गोसन हाइटेकको लगानी रहेको छ । गत वर्षको अक्टोबरमा मात्रै चेरी ग्रुपले सोलिड स्टेट ब्याट्री उत्पादन गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरहेको थियो ।


Back_to_top