काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले तयार पारेको ‘रिल्याक्स सेन्टर’ चुम्लिङटारमा तयार भएको छ ।
अहिले नागढुङ्गा-मुग्लीन यात्रा ईभीमा यात्रा गर्नेले ‘रिल्याक्स सेन्टर’मा गाडी चार्ज गर्न पाउने छन् ।
दुई सटरसहित कम्पनीले १६० किलोवाटको चार्जर यहाँ संचालनमा ल्याएको छ । सटरमा वर्कसप निर्माणको काम चलिरहेको कम्पनीका प्रतिनिधिले जानकारी दिए । अबको केही दिनमै सानो सर्भिस सेन्टरसहित उक्त चार्जिङ स्टेशन पूर्णरुपमा संचालनमा आउने छ ।
उक्त चार्जिङ स्टेशन लक्ष्मी ग्रुपले हुन्डाई, बीएमडब्लू र केई ब्राण्डका विद्युतीय गाडी चार्ज गर्न र आवश्यक पर्दा सामान्य सर्भिस उपलब्ध गराउन संचालनमा ल्याएको हो ।
उक्त चार्जिङ स्टेशनसँगै सर्भिस सेवासहितको चार्जिङ स्टेशन निर्माण गर्ने हुन्डाई पहिलो कम्पनी बनेको छ ।

