काठमाडौं । जगदम्बा मोटर्सले प्रोटोनको दोस्रो शोरुमाबाट कलाकार केकी अधिकारीलाई इमास-सेभेन हस्तान्त्रण गरेको छ । कम्पनीले नक्सालपछि थापाथलीमा आफ्नो दोस्रो शोरुम संचालनमा ल्याएको हो ।
थापाथली जस्तो अटोमोबाइल हवमा प्रोटोनको नयाँ शोरुम खोल्न पाउँदा आफूलाई खुसी लागेको कम्पनीका भाइस प्रेसिडेन्ट राजु भेटुवालले बताए ।
नेपालका मूख्य सहरहरुमा कोको (कम्पनी ओन, कम्पनी अपरेट) मोडलमा शोरुमहरु स्थापना गर्दै जाने भेटुवालले बताए । यही महिना भित्रै भक्तपुरको राधेराधे र पोखरामा पनि नयाँ शोरुम संचालनमा ल्याउने उनले जानकारी दिए । नयाँ आउटलेटमा थ्री एस सेवा उपलब्ध हुनेछ ।
शोरुम उद्घाटन कार्यक्रममा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले जिली मोटर्सको लगानी रहेको मलेशियन कम्पनी प्रोटनको इमास एसियन देशहरुको बाटो अनुसार डिजाइन गरिएको बताए । उनले भने, ‘इमास ७ मा जिलीको ग्यालेक्सी इ-फाइभकोभन्दा शकहरु स्टीफ बनाएको छ । जसले खराब बाटोमा पनि उत्कृष्ट प्रदर्शन गर्छ ।’

जगदम्बा मोटर्सले सन् २०२५ भित्रमा नेपालभर १५ स्थानमा थ्रीएस सुविधा सहितको शोरुम स्थापना गर्ने जानकारी दिएको छ ।

