काठमाडौं । ओमोडा एण्ड जेइकोले देशव्यापी ‘मनसुन चेकअप क्याम्प’ आयोजना गर्ने भएको छ ।
ओमोडा एण्ड जेइकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले असार २५ देखि २७ गतेसम्म देशव्यापी रुपमा क्याम्प आयोजना गर्न लागेको हो ।
मनसुनमा गाडीको उत्कृष्ट कार्यसम्पादन र सुरक्षा सुनिश्चित गर्न चेकअप तथा मर्मत सेवाहरू प्रदान गर्ने उद्देश्यले ‘मनसुन चेकअप क्याम्प’ ल्याइएको कम्पनीले जनाएको छ ।
उक्त चेकअप क्याम्पमा सहभागी भई ग्राहकहरूले विभिन्न आकर्षक अफरहरू लाभ लिन सक्नेछन् । ग्राहकले गाडी सर्भिसिङ, ब्रेक प्याड परिवर्तन र टप वास गराउँदा लेबर चार्जमा १०० प्रतिशत छुट पाउने छन् ।
त्यस्तै, ग्राहकहरूले सस्पेन्सन पार्टसमा आवश्यक पाटपूर्जा रिप्लेसमेन्ट तथा फेरबदल गर्दा लेबर चार्जमा ५० प्रतिशत, सामान्य बडी सप जबहरूमा १० प्रतिशत, स्पेयर पाट्र्समा १० प्रतिशत छुट पाउने छन् ।
यो क्याम्प ओमोडा एण्ड जेइकोको देशभरका १२ वटा सेवा केन्द्रहरुमा आयोजना हुनेछ ।काठमाडौँ उपत्यकाभित्र सीतापाइला (एसपीजी अटोमोबाइल्स), भक्तपुर (परिवार कार क्लिनिक), उपत्यका बाहिर वीरगंज (दर्शी अटोमोबाइल्स), बुटवल (सिद्धि विनायक मोटर्स), नेपालगञ्ज (देवमंगल इन्जिनियरिङ), र चितवन (युनाइटेड अटो कन्सर्न), धनगढी (नवदुर्गा टेक्नोलोजि), पोखरा (एलिट मोटर्स), इटहरी (पाथीभरा अटो), विर्तामोड (ओपि इन्टरनेसनल), दाङ (एनएल मोटो कर्प), र सुर्खेत (बुटवल भेराइटि) मा आयोजना हुनेछ ।

