यूनिक फ्रन्ट डिजाइनमा थार एसयूभी, नेपाल आउने बाटो खुल्दै

काठमाडौं । जीपसँगको मुद्दाको कारण भारतमा राम्रो बिक्री भएपनि नेपाल आउन नसकेको महिन्द्रा थारको नयाँ ५ ढोका भएको भर्सन पुरै परिवर्तनसहित आउने भएको छ । कम्पनीले यूनिक डिजाइनमा यसको फ्रन्ट फेसिया डिजाइन गरेर ल्याउन लागेको हो ।

अगाडिको फ्रन्ट फेसियाकै कारण नेपाल आउन नपाएको तीन ढोका भएको थार अब भने ५ ढोका भएको मोडल भने आउने बाटो खुल्ला हुने भएको हो ।

महिन्द्राले थारमा भएको राउण्ड सेप हेडल्याम्पको सट्टा ५ डोर थारमा एलइडी प्रोजेक्टर यूनिट पाउन सकिन्छ । ५ डोर थारमा सिक्स स्ल्याट स्प्लीट ग्रिल दिएको छ । यसलाई दुइवटा भर्टिकल सेपरेटरले विभाजन गरेको छ ।

त्यस्तै, यसको ग्रिलमा ठूलो साइजको होरिजेन्टल डिभाइडर रहेको छ । यसको ग्रिलको पछाडि हनीकम्ब डिजाइनको प्लास्टीक कभर रहेको छ । यसले धुलोलाई रेडियरटरसम्म पुग्न दिने छैन ।

महिन्द्राले जीपको जस्तै डिजाइन चोरेको आरोपमा विश्वभरका बजारमा ‘कपी डाइट’ मुद्दा खेप्नु परिरहेको छ । अब भने ५ डोर थारमा आएको नयाँ डिजाइनको ग्रिलका कारण निर्यात बजारमा समेत थार बिक्री गर्ने बाटो खुल्ने छ ।

थार लाइफ स्टाइल एसयूभीको भारतीय बजारमा आगामी वर्षको सुरुवातबाट बिक्री सुरु हुने अनुमान गरिएको छ । लाइस्टाइल एसयूभी भएपनि नयाँ थारमा ठूलो साइजको इन्फोटेन्मेन्ट सिस्टम, सिंगल प्यान सनरुफ, फ्रन्ट र रियर प्यासेन्जरका लागि आर्मरेस्ट लगायतका फिचरहरु उपलब्ध हुनेछन् ।


Back_to_top