करिज्माको कम्ब्याक आज, यी हुन् ५ तथ्य

काठमाडौं । हिरोको लेजेन्ड्री मोटरसाइकल करिज्मा आज भारतमा सार्वजनिक हुँदैछ । कम्पनीले आफ्नो पुरानै करिज्मा नेम प्लेटमा नयाँ मोटरसाइकल ल्याउन लागेको हो ।

हिरो मोटोकर्पले करिज्मालाई स्पोर्टी लुक्सको साथ फियर्ड डिजाइनमा ल्याउने भएको हो । त्यसैले पनि यसको चर्चा बढ्दै गएको मान्न सकिन्छ ।

सबैभन्दा ठूलो मोटरसाइकल निर्माता कम्पनी हिरोले यसअघि धेरै पटक करिज्मा परीक्षण गरिरहेको तस्विरहरु बाहिर आएका थिए । त्यसैले नयाँ मोडलको बारेमा धेरै जानकारी बाहिर आइसकेको छ ।

त्यसैले नयाँ आउने करिज्माको विषयमा हामीले यहाँ चर्चा गरेका छौं । भारतीय मिडियाका अनुसार नयाँ करिज्माको मूल्य २ लाख ५ हजारदेखि २ लाख २५ हजार रुपैयाँसम्म हुने अनुमान गरेका छन् ।

प्रतिस्पर्धी

हिरोले करिज्मालाई फियर्ड स्पोर्टस मोटरसाइकलको रुपमा ल्याउने भएको छ । योसँगै करिज्माको नयाँ भर्सनले सुजुकी जिक्सर एसएफ २५०, यामाहा आर १५ भी ४ जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।

इन्जिन

हिरोले करिज्मामा २१० सीसीको नयाँ इन्जिनमा ल्याउने छ । यसमा लिक्वीड कुल्ड इन्जिन रहने पक्का भएको छ । यो मोटरसाइकल हिरो ब्राण्डमा आउने पहिलो लिक्वीड कुल्ड इन्जिन भएको मोडल हुनेछ ।

पर्फमेन्स

यो मोटरसाइकलमा भएको नयाँ इन्जिनले २५ पीएस पावर तथा २० एनएम टर्क जेनेरेट गर्नेछ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिने छ । यसको टप स्पीड क्षमता १४० प्रतिघन्टाको रहेको छ ।

डिजाइन

नयाँ करिज्मालाई कम्पनीले पुरानो मोडल करिज्ममा आधारित रहेर निर्माण गरेको हो । तर, यसमा मोर्डन स्टाइल सार्प लुक पाउन सकिन्छ । यसलाई कम्पनीले एक्स्ट्रीम २०० फोर भीको तुलनामा अझै आक्रामक डिजाइनमा तयार पारेको छ ।

फिचर

करिज्मामा सबै लाइटहरु एलइडी दिइएको छ । यसमा डिजिटल एलसीडी क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी, नेभेगेशन, अलोय ह्वील, डिस्क ब्रेक, एबीएस जस्ता फिचर उपलब्ध हुनेछ ।


Back_to_top