कम मूल्यको एड्भेन्चर मोटरसाइकलमा १ लाख नगद छुट

काठमाडौं । मोटरहेड मोटरसाइकलले फेस्टीभ अफर सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको स्कीममा ग्राहकले १ लाख रुपैयाँ नगद छुटसहित मोटरहेडका मोटरसाइकल किन्न सक्नेछन् ।

मोटरहेड ब्राण्डका मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड टे«डले दशैं तिहार र छठलाई लक्षित गर्दै आफ्नो ‘महा चाड महा वचत’ नामक अफर सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको यो स्कीम अन्तर्गत २०२१ मोडलका मोटरसाइकलमा नगद १ लाख रुपैयाँ छुट पाउने छन् । कम मूल्यका मोटरसाइकलमा उत्पादन वर्ष २०२१ भएकै कारण १ लाखसम्म नगद छुट दिएको हो ।

यसका साथै ग्राहकले २०२२ मोडलका मोटरसाइकलमा २५ हजार रुपैयाँदेखि ३५ हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् ।

यस बाहेक २०२२ अन्तर्गतको वाइक खरीद गर्ने ग्राहकहरुमध्ये एक जना भाग्यशाली विजेतालाई आफूले तिरेको सम्पूर्ण रकम फिर्ता पाउने बम्पर अफर समेत रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले विगत ७ वर्षदेखि डर्ट, क्याफे रेसर तथा स्क्रयाम्वलर सेग्मेन्टका मोटरसाइकलहरु नेपाली वजारमा उपलब्ध गराउँदै आएको छ ।

यो अफर १० भाद्र २०८० देखि लागु भई छठसम्म कायम रहने कम्पनीले जानकारी दिएको छ ।


Back_to_top