दुर्घटनामा वडाध्यक्षसहित पाँच घाइते

पाँचथर । फालेलुङ गाउँपालिका-६ मा आज साँझ जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन् । 

फिदिमबाट फालेलुङ जाँदै गरेको मे १ ज १२४० नं को जिप दुर्घटना हुँदा वडाध्यक्ष सुजाता वान्तावासहित पाँच जना घाइते भएका हुन् । घाइतेहरुलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


Back_to_top