भारतीय बजारमा महिन्द्राले स्याङयोङकै रेक्सटन मोडल जस्तो देखिने एसयूभी टेस्ट गरिरहेको समाचार आएको छ । भारतीय मिडियाहरुका अनुशार यो एसयूभी स्याङयोङको जीफोर मोडलको प्ल्याटफर्ममा बनाइएको हो ।
यो मोडल नाम भने अहिलेसम्म बाहिर ल्याइएको छैन । तथापि यसको नाम ‘एक्सयूभी ७००’ हुन सक्ने अनुमान गरिएको छ । यो स्याङयोङको रेक्सटन जस्तै साईज र लुक्समा आउन लागेको छ ।
बजारमा यसको प्रतिस्पर्धा टोयोटाको फर्चूनर्स, फोर्डको इन्डीभर, इसुजुको एमयु एक्स तथा स्कोडाको कोडियाकसँग हुने अनुमान गरिएको छ ।

स्याङयोङ कम्पनी कोरियामा महिन्द्रा एण्ड महिन्दाको ७० प्रतिशत हिस्सा रहेको छ । सन् २०१० मा आनन्द महिन्द्राले ५२२.५ बिलियन ओनमा स्याङयोङको हिस्सा गरिद गरेका थिए । स्याङयोङ कम्पनीको खरिदपछि भारतीय सवारीसाधन निर्माता कम्पनी महिन्द्राले भारतमा निर्माण भईरहेको एसयुभीको डिजाइन र इन्जिन टेक्नलोजीमा धेरै परिवर्तन गर्न सफल भएको थियो । जसको कारण पछिल्लो समयमा आएका महिन्द्राका गाडिहरु निकै स्टाइलीस र स्पोर्टी देखिएका छन् ।
‘एक्सयूभी ७००’ स्याङयोङको रेक्टन जस्तै देखिएको छ भने महिन्द्राको अहिलेसम्मकै महँगो एसयुभी हुनेछ । यसमा एलईडी डेटाईम रनिङ्ग लाईट, बडी ग्रीलसगै फगल्याम्प तथा एलईडी टेल ल्याम्स, रुफ माउन्टेड स्पोइलर, इन्टीग्रेटेड स्टप लाईटजस्ता फिचर रहेका छन् ।
यसको इन्टेरीयर एकदमै प्रिमियम क्वालीटीको रहने छ । यसको पूरै क्याविनमा सफ्ट टच प्लाष्टीकको प्रयोग गरिएको छ । इलेक्टिक सनरुफ, डुवल जोन अटोमेटिक क्लाइमेट कन्टोल, भेन्टीलेटेड सीट, एन्डरोइड अटो, ८ इन्चको टचस्कृ्रन इन्फोटेन्मेन्ट सिस्टम, जीपीएस न्याभिगेसन जस्ता फिचरहरु रहने छन् ।
सुरुक्षको लागि एबीएस, इबीडी तथा ९ वटा एयरव्यागको साथै इलेक्ट्रीक पार्किङ्ग ब्रेकजस्ता सुबिधाले भरपुर रहने छ ।

यसमा योस्याङयोङको रेक्सटनको जस्तै २.२ लीटरको टर्बोचार्ज डिजल इन्जिन रहनेछ । यसले १७८ बीएचपी पावरको साथै ४२० एनएम टर्क उत्पादन गर्छ ।
यो इन्जिनमा ६ स्पिडको अटोमेटिक ट्रासमिसन रहने छ । यसमा २ लीटरको पेट्रोल इन्जीन अप्सन पनि रहनेछ । जसले २२२ बीएचपी पावर जेनरेट गर्छ । यो मोडल भारतीय बजारमा २०१८ को अन्त्य सम्म लन्च गर्ने योजना रहेको बुझीएको छ ।

